संसदीय राजनीतिको मूल चरित्र नै धोका दिनु हो

0
  • बैधनाथ श्रमजीवी

स्थानीय निर्वाचन सकेको एक हप्ता हुन लागेको छ । कथित मतादेशहरू धमाधम मतपेटिकाहरूबाट बाहिर निस्किन लागेका छन् । हालसम्म देशभरिमा गनिएको मतपत्र अनुसार पहिलो नम्बरमा नेपाली काङ्ग्रेस छ भने दोस्रो स्थानमा नेकपा एमाले छ । अपेक्ष्Fा गरिए अनुसार न त राजावादीहरूले आफ्नो स्थान देखाउन सकेका छन्, न त एमालेबाट चोइटिएको एकीकृत समाजवादी वा अरू नै कोही पनि । यसबीचमा दलहरूले एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउन थालेका छन् । खासगरी पाँच दलीय गठबन्धनका दलहरू सबैले एकअर्कालाई आफूलाई धोका दिएको आरोप लगाइरहेका छन् । चुनावी माहोलमा सबैभन्दा बढी ‘हात्ती आयो हात्ती आयो फुस्सा’को अवस्थामा राजावादीहरू राप्रपा, माधवकुमार नेपाल र प्रचण्डको दललाई हुन पुगेको छ । अबको चुनाव प्रदेश र सङ्घ दुवैको वाम महागठबन्धन बनाएर नेपाली काङ्ग्रेसविरुद्ध लड्ने बुद्धि एकचोटि फेरि कथित वाम नेताहरूको घैंटोमा घाम लागेको भए तापनि घैंटोभित्र घाम छिर्न भने गा¥हो रहेको छ । यस सन्दर्भमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले वाम एकता हुने शर्तको रूपमा दुईटा कुरा अगाडि सारेको सामाजिक सञ्जालहरूमा देखा परेको छ । पहिलो, वाम नेताहरू खासगरी झलनाथ खनाल, माधवकुमार नेपाल  र पुष्पकमल दाहाल प्रचण्डसमेतले ओली सरकार खसालेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउनु गलत थियो भन्ने अर्को कुरा स्वीकार गर्नुप¥यो । दोस्रो, ती नेताहरूले एमाले सरकारको बेलामा प्रधानमन्त्रीको रूपमा केपीशर्मा ओलीले चालेको संसद् विघटनदेखिको सम्पूर्ण कदम जुन हिजो ती नेताहरूले प्रतिगामी भनेका थिए, ती सबै सही थियो भनेर भन्नुप¥यो ।

उपरोक्त दुवै कुरा सर्प–छुचुन्द्रको हालजस्तै हुनेवाला छ । जसरी विषालु सर्पले अँध्यारोमा मुसा भनेर छुचुन्द्रलाई समातेपछि खाउँ भने सर्पको मृत्यु निश्चित छ, ओकली दिउँ भने जीवनभर अन्धो बन्ने निश्चित छ । हो, यही हालतमा माधव, झलनाथ र प्रचण्ड पुग्ने लगभग पक्का देखिएको छ । जहाँसम्म धोका दिएको कुरा छ, यसबारेमा कसैले पनि झूटो बोलेको छैन । वास्तवमा संसदीय राजनीति भनेकै धोका, षड्यन्त्र, फट्याइँ र भ्रष्ट आचरणको खेलबाहेक केही पनि होइन भन्ने कुरा संसारभरिको संसदीय राजनीतिको चरित्र हेर्दा स्पष्ट हुन्छ ।

कथित प्रजातन्त्रमा सबैको मालिक जनतालाई लोकतन्त्र र जनतन्त्र वा जनतन्त्रका हिमायतीहरूले बताउँदै आएका छन् । अझै उनीहरू जनताद्वारा जनताको लागि जनताको सरकार भनेर हाकाहाकी भन्ने गर्दछन् । तर जब दिल्लीमा भारतीय किसानहरू आफ्ना मागहरू लिएर शान्तिपूर्ण जुलूस गर्न आए, अनि त्यतिबेला उनीहरूमाथि सत्ताको डन्डा, बुट र बारुद बजारिन्छ । जब नेपालमा मधेसीहरू हकको कुरा लिएर सडकमा ओर्लिन्छन्, तब उनीहरूलाई रूखबाट पाँच/दश वटा आँप झर्दैमा केही हुन्न भन्दै छाती र टाउकोमा ताकेर गोली ठोकिन्छ । अनि यस्तोमा प्रश्न उठ्छ, के यो कथित प्रजातान्त्रिक सरकारको जनताप्रति गरिएको इमानदार व्यवहार हो ? अथवा घोर धोका हो ? के हो ?

जब एउटा कथित लोकतान्त्रिक सरकारले जनताको शान्तिपूर्ण माग पनि सुन्न सक्दैन भने सत्तामा बस्नको लागि कुर्सीमा बसिरहेपछि पाइने भागबन्डा र लाभको अवसरको निरन्तरताको लागि एकअर्काको पिठ्यूँमा छुरा हान्नु यस्ता निकृष्ट स्वार्थी तथा दलाल भ्रष्ट नेताहरूको लागि कुनै अनौठो कुरा होइन । वास्तवमा सम्पूर्ण संसदीय दलहरूले एकअर्कालाई धोका दिनु उसको मुख्य चरित्र नै हो । धोका दिन जसले जति चतु¥याइँ प्रयोग गर्न सक्छ, ऊ त्यति धेरै दिनसम्म सरकारमा टिकिरहन्छ ।

यसपालिको निर्वाचनमा काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निकै चर्चाको विषयमा रहेको देखियो । मधेसीको म पनि सुन्न नचाहने पहाडे सत्ताको राजधानीमा मधेसी उम्मेदवार त्यो पनि एउटा वर्ण व्यवस्थाले तल्लो जातको रूपमा राखेको तेलीले चुनाव जित्नु वा जित्न लाग्नु यसै पनि चर्चा  हुने नै भयो । झन् त्यसमा कथित प्रजातन्त्रवादी भन्न रुचाउने वरिष्ठ पत्रकारले बालेन्द्र साह राजावादी भएको भनिदिंदा ‘के खोज्छस् कानो आँखो’ भनेजस्तै हुन गएको छ । बालेन्द्र शाह राजावादी हुनु वा राजावादीले चुनाव जित्नुमा कथित लोकतन्त्रवादी तथा गणतन्त्रवादीहरू नेता र दलहरूको विगतको अलोकतान्त्रिक व्यवहार, चरित्र तथा चिन्तन नै प्रमुख रहेको कुरातर्फ जति ध्यान जानुपर्ने हो, त्यति गएको देखिंदैन । आफूलाई कथित गणतन्त्रवादी वा लोकतन्त्रवादी भन्नेहरू नै परिवारवादको घेराबाट बाहिर निस्किन नखोजेपछि, कमिशन र भ्रष्टाचार तथा अनेकौं विकृति र अपराध कर्महरूलाई संस्थागत गर्न उद्यत भएपछि जनआक्रोश कहाँ जाने त ? निकास के छ त अहिले ? एउटा राजाको ठाउँमा सत्र भाइछोरा राजा भई टोप्लिंदा जनताको मनोविज्ञान के होला ? यसतर्फ यी दलाल नेताहरूले सोच्नुपर्दैन ? देशको प्रधानमन्त्री भएपछि बस्न र उठ्न त जानुप¥यो नि कि अरूले उठाइदिनुपर्ने ? यस्तो अवस्था भइसक्दा पनि कुर्सी छोड्न नमान्ने अनि ज्योतिषीले अझै सातचोटि प्रधानमन्त्री बन्नुहुन्छ भनेको भन्दै प्रधानमन्त्री बन्दै गएपछि देशमा यहाँभन्दा अर्को गाईजात्रा हेर्न के बाँकी रहला ?

जनता भोकले त्राहिमाम छ । रोजगारको कुनै व्यवस्था छैन । अहिले प्रदेश र सङ्घको निर्वाचन आउन बाँकी नै छ तर मूल्यवृद्धि दुईचोटि भइसक्यो । यही तालले अगाडि बढ्ने हो भने जनता कसरी बाँच्ने ? यसतर्फ कहिले विचारविमर्श नगर्ने अनि अहिले करोडौं रुपैयाँ खर्च गरेर जितेको निर्वाचन यसपछि अर्को पाँच वर्षसम्म यिनै खर्च गरेको पैसा उठाउन ब्रह्मलुट मचाउने र अर्को निर्वाचनमा फेरि अकूत पैसा बाँडेर चुनाव जित्नलाई महाभ्रष्टाचारको योजना बनाएर देश लुटेर कमाउने नीतिमा सम्पूर्ण कार्यकाल बिताएपछि यो देश र जनताप्रति धोका हो कि होइन ? पाँच वर्षअगाडि गरेका घोषणापत्रको बोलकबोल के के पूरा गरे त ? अहिलेको घोषणापत्र अनुसार अब विकास निर्माण गर्ला अथवा फेरि देश र जनतालाई दिने उही पुरानै धोका नै हो ? पक्कै पनि धोका नै दिने हो किनकि संसदीय राजनीतिको मूल चरित्र नै देश र जनतालाई धोका दिएर मालामाल हुनु हो ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here