महानगरमा छवटा वडाको गणना जारी, विभिन्न पालिकाहरूमा पनि गणना सुस्त

0

प्रस, वीरगंज, २ जेठ/

वीरगंज महानगरपालिकाका छवटा वडाको मतगणना जारी छ । शनिवार दिउँसोदेखि चारवटा वडाको गणना शुरू भएकोमा सोमवारदेखि थप दुईवटा वडाको मतगणना शुरू भएको हो ।

छवटा वडाको गणना हुँदा अहिलेसम्म एउटा वडाको मात्र मतगणना सकिएको छ भने बाँकीको जारी छ । शुरूमा वडा नं १, २, ३१ र ३२ को मतगणना शुरू भएको थियो भने सोमवारदेखि वडा नं ३, ४ र ३० को मतगणना पनि शुरू भएको छ ।

जारी मतगणनामा ११ हजार ८८१ मत गणना हुँदा नगरप्रमुखमा सत्तारूढ पाँच दलीय गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले पाँच हजार ८२७ मत पाएर अग्रता कायम राखेका छन् ।

यसैगरी, गठबन्धनबाट उपप्रमुखका उम्मेदवार नेपाली काङ्ग्रेसका इम्तियाज आलमले तीन हजार ७२६ मत पाएर अग्रता कायम राखेका छन् ।

नगरप्रमुखमा एमालेका उम्मेदवार विजयकुमार सरावगीले दुई हजार ५७३ मत पाएका छन् भने एमाले–लोसपा गठबन्धनबाट उपप्रमुखका उम्मेदवार पुरुषोत्तमलाल झाले ६३३ मत पाएका छन् ।

नगरप्रमुखमा राप्रपाका गिरीश गिरीले १९० मत पाएका छन् भने उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले ४३७ मत पाएकी छन् ।

प्रस, पोखरिया/

पोखरिया नगरपालिकामा सात हजार ३५३ मत गणना हुँदा नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार प्रद्युम्न चौहानले अग्रता कायम राखेका छन् ।

उनले दुई हजार ८०७ मत पाएका छन् भने एमालेबाटै उपप्रमुखका उम्मेदवार रुवि ठाकुरले पनि अग्रता कायम राख्दै दुई हजार ६६१ मत पाएकी छन् ।

नगरप्रमुखमा नेपाल सुशासन पार्टीका उम्मेदवार शङ्करप्रसाद यादवले एक हजार ९१० र उपप्रमुखकी उम्मेदवार वीणा देवीले एक हजार ३८६ मत पाएकी छन् ।

नेपाली काङ्ग्रेसका दीपनारायण रौनियारले एक हजार ८७ र उपप्रमुखकी उम्मेदवार रहाना खातुनले एक हजार ६९१ मत पाएकी छन् ।

यसैगरी, कालिकामाई गाउँपालिकामा पाँच हजार ९८१ मत गणना हुँदा अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार अजय पटेलले दुई हजार १९४ र उपाध्यक्ष पदकी उम्मेदवारराजमती देवीले दुई हजार ४१८ मत पाएकी छन् । जसपाको अध्यक्ष पदका उम्मेदवार वशिष्ठ कुर्मीले एक हजार ८६२ र उपाध्यक्ष पदकी उम्मेदवार साहनी खातुनले एक हजार ९३१ मत पाएक छन् भने एमालेका राजेश चौरसियाले ९११ र अंशु आनन्द तिवारीले ५७० मत पाएका छन् ।

जगरनाथपुर गाउँपालिकामा तीन हजार ९३९ मत गणना हुँदा अध्यक्षमा जसपाले एक हजार ३०८, उपाध्यक्षमा एक हजार २१, अध्यक्षमा एमालेले एक हजार ३७ र उपाध्यक्षमा ७२४ तथा अध्यक्षमा नेपाली काङ्ग्रेसले एक हजार ३ र उपाध्यक्षमा एक हजार १६४ मत पाएका छन् ।

प्रस, सेढवा/

जीराभवानी गाउँपालिकामा अध्यक्षमा नेपाली काङ्ग्रेसका अनोज चौधरीले दुई हजार ६८८ र उपाध्यक्षमा रेखा चौधरीले दुई हजार७३३ मत पाएका छन् ।

त्यस्तै, अध्यक्षमा एमालेका रामप्रीत महतो थारूले दुई हजार ३४९ मत पाएका छन् भने उपाध्यक्षमा उषादेवी थरुनीले दुई हजार १२१ मत पाएकी छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here