मत बदर सङ्ख्या बढ्दै

0

प्रस, वीरगंज, १ जेठ/

वीरगंज महानगरको मतगणनाको क्रममा मत बदर सङ्ख्या बढ्दो छ । शनिवार दिउँसो २ बजेदेखि शुरू भएको मतगणनामा सबैभन्दा बढी उपप्रमुखमा मत बदर भएको र अहिलेसम्म कायमै छ ।

सोमवार राति ९ बजे घोषित परिणाम अनुसार वडा नं १, २, ३, ४,  ३०, ३१ र ३२ गरी ११ हजार ८८१ मत गणना हुँदा प्रमुखमा आठ हजार ७१३ मत सदर भएको छ भने तीन हजार १६८ मत बदर भएको छ । उपप्रमुखमा सदरभन्दा बदर मत बढी छ । प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी गराए अनुसार उपप्रमुखमा पाँच हजार २०१ मत सदर रह्यो भने छ हजार ६८० मत बदर भयो ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here