छिपहरमाई गापामा मतगणना स्थगित

0

प्रस, वीरगंज, २ जेठ/

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा मतगणना रोकिएको छ । आइतवार साँझ ६ बजेदेखि सो स्थानमा मतगणना रोकिएको हो ।

मतगणनाको क्रममा गणक दुई कर्मचारीले जसपालाई परेको ३६ वटा मत एमालेको पक्षमा पारेको भन्दै विवाद भएको थियो ।

विवादले उग्ररूप लिएपछि मतदान अधिकृतले मतगणना स्थगित गरेका थिए । हिजो साँझदेखि स्थगित मतगणना सोमवार पनि शुरू हुन सकेन ।

यसैबीच, छिपहरमाई गाउँपालिकामा भएको विवाद सम्बन्धमा नेपाली काङ्ग्रेसबाट सो गाविसमा अध्यक्ष पदका उम्मेदवार नवीन सिंहले वीरगंजमा पत्रकार सम्मेलन गरी वडा नं १ र २ मा पुनः मतदानको लागि माग गरेका छन् । उनले मतगणनामा धाँधली भएको भन्दै दुईवटै वडामा पुनः मतदान हुनुपर्ने माग राखे ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here