प्रस, वीरगंज, २ जेठ/
वैशाख ३० गते मतदान सकिए पनि मतगणना ढिलो गरी शुरू गरेको र परिणाम आउने क्रम पनि ढिलो भएको छ ।
यसैबीच, सोमवारदेखि पर्सा र बारामा वडाध्यक्षहरूको परिणाम आउने क्रम जारी छ ।
पोखरिया नगरपालिकामा चारवटा वडाको मतगणना सकिएर वडाध्यक्षहरू निर्वाचित भएका छन् । वडा नं १ र १० का अध्यक्ष आइतवार निर्वाचित भएका थिए भने सोमवार वडा नं २ मा केदार महतो चाई र ३ मा रामप्रवेश चौहान विजयी भएका छन् । विजयी चारैजना एमालेका उम्मेदवार हुन् ।
कालिकामाई गाउँपालिका वडा नं १ को अध्यक्षमा जसपाका लालबाबू चौरसिया विजयी भएका छन् भने २ को अध्यक्षमा नेकपा एमालेका सोनालाल चौरसिया विजयी भएका छन् ।
जीराभवानी गाउँपालिका वडा नं २ को अध्यक्षमा एमालेका महादेव महतो थारू प्यानलसहित विजयी भएका छन् ।
वीरगंज महानगरपालिका वडा नं ३२ को अध्यक्षमा जसपाका रेयाज अहमद ठकुराई विजयी भएका छन् । महानगरको घोषित परिणाममा उनी सबैभन्दा अगाडि निर्वाचित हुने वडाध्यक्ष भएका छन् ।
सखुवाप्रसौनी गाउँपालिका वडा नं १ को अध्यक्षमा वासुदेव महतो थारू विजयी भएका छन् ।
कालिकामाई गाउँपालिका वडा नं १ को अध्यक्षमा लालबाबू चौरसिया विजयी भएका छन् ।
पटेर्वासुगौली गाउँपालिका वडा नं २ को अध्यक्षमा नेपाली काङ्ग्रेसका विजय गैरे विजयी भएका छन् ।
बहुदरमाई नगरपालिका वडा नं २ को अध्यक्षमा नेपाली काङ्ग्रेसका जीतेन्द्र पटेल विजयी भएका छन् भने वडा नं ३ को अध्यक्षमा एमालेका दिनेश यादव विजयी भएका छन् ।
ठोरी गाउँपालिका वडा नं ३ को अध्यक्षमा नेकपा एमालेका शम्भु खड्का विजयी भएका छन् ।
प्रस, बारा/
कलैया उपमहानगरपालिका वडा नं १ को अध्यक्षमा नेकपा एमालेका मोहन क्षत्री विजयी भएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ को अध्यक्षमा एमालेका डिपी श्रेष्ठ र वडा नं १ मा हीराबहादुर गुरुङ विजयी भएका छन् ।
बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं १ को अध्यक्षमा एमालेका लालबाबू बानिया प्यानलसहित विजयी भएका छन् ।
यसैगरी, सोही गापाको वडा नं ३ को अध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीका छोटलाल साह कानू प्यानलसहित विजयी भएका छन् ।
परवानीपुर गाउँपालिका वडा नं ४ को अध्यक्षमा लोसपाका गम्भीरा कुर्मी विजयी भएका छन् ।