प्रस, जीतपुर, २ जेठ/
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ५ बकुलियामा नेपाली काङ्ग्रेसका दीपेन्द्र चौधरी प्यानलसहित निर्वाचित भएका छन् । चौधरीले ९०६ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनले माओवादी केन्द्रका उम्मेदवार एवं निवर्तमान वडाध्यक्ष मोहित चौधरीलाई ५१४ मतान्तरले पराजित गरेका हुन् ।
यसैअघि, जीतपुरसिमरा उपमनपा वडा नं १ मा नेपाली काङ्ग्रेसका हीराबहादुर गुरुङ, वडा नं २ मा एमालेका धनबहादुर श्रेष्ठ, वडा नं ३ मा एमालेका ताराबहादुर कार्की, वडा नं ४ मा माओवादी केन्द्रका भोजबहादुर खत्री वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
त्यस्तै, वडा नं ६ मा एमालेका कैमुद्दीन अन्सारी, वडा नं २० मा एमालेका रसुल मियाँ अन्सारी, वडा नं २१ मा एमालेका सुवास श्रेष्ठ, वडा नं २२ मा नेपाली काङ्ग्रेसका शेखरकाजी रूम्बा, वडा नं २३ मा एमालेका मुस्तकिम अन्सारी र वडा नं २४ मा सुल्तान अन्सारी वडाध्यक्षमा निर्वाचित भएका छन् ।