तीनवटा वडामा नेकपा (एस)को प्यानल विजयी

0

प्रस, रौतहट २ जेठ/

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहनगर गौरमा नेकपा एसले तीनवटा वडामा विजय हासिल गरेको छ । गौर नगरपालिकाको वडा नं १, २ र ३ मा नेकपा एसले विजय हासिल गरेको हो ।

गौर नगरपालिका–१ मा लालबाबू चौधरी, वडा नं २ मा विनोद जैसवाल र ३ मा अन्सारूल अन्सारी विजयी भएका छन् भने नेकपा एसबाट गौर र राजदेवी नगरपालिकाका प्रमुख पदका उम्मेदवार शम्भु साह र भिखारी यादवले फराकिलो मतका साथ अग्रता लिएका छन् ।

यसैगरी, राजदेवी नपा–२ मा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवार सनुप महतो र मौलापुर नपा–४ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार वीरबहादुर साह विजयी भएका छन् ।

यसैगरी, राजदेवी नगरपालिका–१ मा नेकपा एसबाघ वडाध्यक्षका उम्मेदवार नरेशप्रसाद यादव निर्वाचित भएका छन् । उनले ६१० मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र यादवको वडामा उनको दल जनता समाजवादी पार्टीबाट वडाध्यक्षका उम्मेदवार हृदयनारायण यादवले मात्र ३० वटा मत प्राप्त गरेका छन् । त्यसैगरी, लोसपाका उम्मेदवार शिवनारायण साहले ५८८ मत प्राप्त गरेका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here