सोमवारसम्म बाराको पालिकाहरूको मत गणनाको नतिजा…

0

प्रस, बारा, २ जेठ/

कलैया उपमहानगरपालिकाको प्रमुखमा एमालेका विनोद साहले अग्रता कायम राखेका छन् । सोमवार उनले चार हजार ८४८ मत पाएर अगाडि छन् भने नेपाली काङ्ग्रेसका राजेशराय यादवले दुई हजार ९७९ मत पाएका छन् । उपप्रमुखमा एमालेकै रौशन प्रवीणले तीन हजार १२४ मत पाएकी छिन् भने लोसपाका प्रमोद गुप्ताले तीन ७८३ मत पाएका छन् ।

यसैगरी, अर्को उपमहानगर जीतपुरसिमराको प्रमुखमा सत्तारूढ पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजन पौडेलले नौ हजार ६७२ र उपप्रमुखमा गठबन्धनबाट नेपाली काङ्ग्रेसकी मेघा शाहीले आठ हजार ३३२ मत पाएर अग्रस्थानमा छन् ।

यसैगरी, प्रमुखमा एमालेकी सरस्वती चौधरीले  सात हजार ६०९ र उपप्रमुखमा भोलाप्रसाद अधिकारीले सात हजार ६७० मत पाएका छन् ।

त्यस्तै, प्रमुखमा लोसपाका सञ्जय साहले एक हजार ६६४ र उपप्रमुखमा विपिन मोक्तानले एक हजार ५०२ मत ल्याएका छन् ।

निजगढ नगरपालिकाको प्रमुखमा सत्तारूढ पाँच दलीय गठबन्धनबाट नेपाली काङ्ग्रेसबाट सुरेश खनालले दुई हजार २२२ मत ल्याएका छन् भने गठबन्धनबाट उपप्रमुखमा माओवादी केन्द्रका रविराज दङ्गालले एक हजार ७०९ मत ल्याएका छन् ।

प्रमुखमा एमालेका सुरथ पुरीले १९०४ र उपप्रमुखमा सोममाया थिङले दुई हजार ९ मत ल्याएका छन् ।

कोल्हवी नगरपालिकामा नेपाली काङ्ग्रेसको अग्रता छ । नेपाली काङ्ग्रेसका रामप्रसाद चौधरीले दुई हजार ७९९ मत ल्याएका छन् भने उपप्रमुखमा लक्ष्मी चौधरीले एक हजार ६५० मत ल्याएकी छिन् ।

प्रमुखमा एमालेका भरतबहादुर भण्डारीले एक हजार ८१० र उपप्रमुखमा सुनैना थरुनीले एक हजार ९३० मत ल्याएका छन् भने प्रमुखमा माओवादी केन्द्रका अमृत जिआरले ८८३ र उपप्रमुखमा पार्वतीदेवी थरुनीले ७४१ मत ल्याएका छन् ।

बारा जिल्लाकै महागढीमाई नगरपालिकामा प्रमुखमा नेपाली काङ्ग्रेसका उपेन्द्र यादवले एक हजार६७ र उपप्रमुखमा तारादेवी कानूले १९२ मत ल्याएका छन् । जसपाका रामबाबूप्रसाद यादवले ६८३ र उपाध्यक्ष्Fमा अनीता यादवले ३६ मत ल्याएका छन् । प्रमुखमा एमालेका राजबाबू साहले ४०८ तथा उपप्रमुखमा पुष्पाञ्जलि देवीले ८७ मत ल्याएका छन् ।

सिम्रौनगढ नगरपालिकामा प्रमुखमा लोसपाका किशोरी कलवारले चार हजार १२९ मत ल्याएर अग्रस्थानमा छन् भने उपप्रमुखमा लोसपाकै नजमु शेहर तीन हजार ३०६ मतले अग्रस्थानमा छिन् । निवर्तमान नगरप्रमुख नेपाली काङ्गे्रसका विजयशङ्कर यादवले दुई हजार ८३६ र उपप्रमुखमा रीता कुशवाहाले दुई हजार ४१७ मत ल्याएका छन् ।

बारागढी गाउँपालिकाको अध्यक्षमा जसपाका अशोक जैसवालले एक हजार २८१, उपाध्यक्षमा लक्ष्मी रायले एक हजार ६७, नेपाली काङ्ग्रेसका देवदत थारूले ८६२, उपाध्यक्ष्Fमा गीता साहले ६२५ मत ल्याएका छन् । प्रमुखमा एमालेका बृजकिशोर चौधरीले ७२० र उपाध्यक्षमा कलावती थरुनीले ९०२ मत ल्याएका छन् ।

फेटा गाउँपालिकामा अध्यक्षमा लोसपाका मदन कानूले एक हजार १२०  र उपाध्यक्ष्Fमा बेन्जिरा खातुनले ८९५ मत ल्याएर अग्रस्थानमा छन् । अध्यक्षमा जसपाका रामएकबाल तेलीले ९६३ र उपाध्यक्षमा हुसैन तायबा खातुनले ६५८ तथा अध्यक्षमा नेपाली काङ्ग्रेसका चन्देश्वर दुबेले ५५९ र उपाध्यक्षमा बसरा खातुनले ३४२ मत ल्याएका छन् ।

विश्रामपुर गाउँपालिकामा अध्यक्षमा लोसपाका जुल्फकार अली भुट्टोले एक हजार ९६८ र उपाध्यक्षमा प्रियङ्का देवीले एक हजार ३४४ मत ल्याएर अग्रस्थानमा छन् । अध्यक्षमा जसपाका शिवशङ्कर यादवले ३७९ र उपाध्यक्षमा प्रियङ्का चौरसियाले ७९२ तथा नेपाली काङ्ग्रेसका अमिरीलाल राउतले १८२ र उपाध्यक्षमा सुमित्रादेवीले ८८ मत ल्याएका छन् ।

प्रसौनी गाउँपालिकामा अध्यक्षमा एमालेका विनोद जैसवालले दुई हजार ४३१ र उपाध्यक्षमा किरण देवीले दुई हजार ४५ मत ल्याएर अग्रस्थान कायम राखेका छन् । यहाँ अध्यक्षमा लोसपाका भोला गुप्ताले एक हजार ७८५ र उपाध्यक्षमा गीता साहले एक हजार ७९९ तथा नेकाका सुनील गुप्ताले एक हजार ६५० र उपाध्यक्षमा नीलम साहले एक हजार ७७० मत ल्याएका छन् ।

परवानीपुर गाउँपालिकामा एमालेकै अग्रता छ । अध्यक्षमा एमालेका रामक्षत्री कुर्मीले दुई हजार ६५६ र उपाध्यक्षमा सुगन्धी कनुइनले दुई हजार ८६४ मत ल्याएर अग्रस्थानमा छन् ।

अध्यक्षमा लोसपाका जगतनारायण महतोले दुई हजार ४२५ र उपाध्यक्षमा सावित्री देवीले दुई हजार ३४९ तथा अध्यक्षमा नेपाली काङ्ग्रेसका लालबाबू यादवले दुई हजार २ र उपाध्यक्षमा कुरान नेशा खातुनले दुई हजार ७२ मत ल्याएका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here