श्रीलङ्कामा भीषण बाढी, ६०० भन्दा बढी परिवार प्रभावित

0

कोलम्बो, २ जेठ/सिन्ह्वा

श्रीलङ्कामा शनिवारदेखि जारी रहेको अविरल वर्षाका कारण भीषण बाढी आएको छ । सो बाढीका कारण यहाँ पहिरो पनि गएको बताइएको छ । राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतनपुरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । यस प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका दुई हजार २९० जना विस्थापित हुन पुगेको बताइएको छ ।

यहाँका मौसमसम्बन्धी अधिकारीहरूले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन भनेका छन् । सो जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरू भौतिक संरचनामा पनि बाढीले क्षति पु¥याएको छ । सो बाढीका कारण आएको पहिरोका साथै वर्षा जारी नै रहेकाले यहाँको धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ । रासस

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here