चीनले बनायो एयरशीप

0

चीन हरेक दिन नयाँ हाइटेक वस्तु बनाइरहेको छ । हालै उसले संसारकै सबैभन्दा तीव्र विमान बनाउने प्रोजेक्ट शुरू गरेको थियो । यस प्रोजेक्टमाथि काम भइरहेको छ । चीनले एउटा फ्लोटिङ एयरशीप विकसित गरेको छ, जसले हालै विश्व रेकर्ड बनाएको छ ।

ग्लोबल टाइम्सको रिपोर्ट अनुसार चीनले बनाएको फ्लोटिङ एयरशीप जसको नाम जिमू–१ हो । १५ मेका दिन यो ९०३२ मिटर उचाइमा पुग्यो र एटमोस्फेयर साइन्स अब्जर्वेशन (वायुमण्डलीय विज्ञान अवलोकन) गरेर विश्व रेकर्ड बनायो । यस अध्ययनको उद्देश्य किंघई–जिजाङ पठारमा पानी, ग्लोबल वार्मिङ आदिको अवलोकन गरेर वैज्ञानिकहरूलाई तथ्याङ्क प्रदान गर्नु हो ।

चाइना सेन्ट्रल टेलिभिजन अनुसार एयरशीप ४,२७० मिटरको उचाइबाट उठ्यो र जमीनभन्दा ४,७६२ मिटर माथि पुग्यो । त्यसपछि यसले सही तथ्याङ्क जम्मा गर्न थाल्यो । आगामी दिनमा यो चिनियाँ वैज्ञानिकको लागि निकै महŒवपूर्ण साबित हुन्छ ।

रिपोर्टमा भनिएको छ एयरशीपद्वारा जम्मा गरिएको वैज्ञानिक तथ्याङ्कको उपयोग क्षेत्रीय जल चक्रको अध्ययन गर्न र वायुमण्डलीय परिवर्तनको निगरानीको लागि गरिन्छ । किंघई–जिजाङ पठारलाई तेस्रो धु्रव र एशियाको जल मिनार पनि भनिन्छ । यहाँबाट कैयौं एशियाली नदीमा पानी आपूर्ति हुन्छ ।

करीब ४० वर्ष पहिले चिनियाँ वैज्ञानिकले यसमाथि शोध गरेका थिए । त्यसपछि यो बन्द भयो तर चिनियाँ सरकारले सन् २०१७ मा यस शोधमाथि काम शुरू ग¥यो । यसै अध्ययनको लागि अब जिमु–१ प्रयोग भइरहेको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here