१ वर्षमा २५९ पटक देखियो एलियन

0

संसारमा धेरैजनाले एलियन्स हेरेको दाबी गरेका छन् । कुनै ठाउँमा युएफओ र एलियन्स आएको पनि बताइन्छ । यस्तै दाबी ब्रिटिश वैज्ञानिकहरूले गरेका छन् । उनीहरूको भनाइ छ ब्रिटेनमा एलियन्सलाई पछिल्लो वर्ष २५० पटकभन्दा बढी देखिएको थियो ।

द सनमा प्रकाशित रिपोर्टका अनुसार ब्रिटेनमा जसजसले एलियन्सलाई नजीकबाट देखेका थिए उनीहरूलाई ट्रमा (आघात)बाट निकाल्नको लागि काउन्सिलिङ गरिएको थियो । ती व्यक्तिहरूका अनुसार उनीहरूले ससाना हरियो मान्छे र स्पेशसीप देखेका थिए । ब्रिटिश युएफओ रिसर्च एसोसिएशन अनुसार सन् २०२१ मा २५९ पटक एलियन देखिएको थियो ।

एसोसिएशनको भनाइ छ मान्छेले देखेका युएफओ र एलियन्समध्ये ५ प्रतिशत सही थियो । सन् २०२१ एउटा रोचक वर्ष थियो तर गत वर्ष एलियन र युएफओ देख्नेहरूको सङ्ख्या कम थियो । एकजना प्रवक्ताका अनुसार सन् २०१९ मा सबैभन्दा बढी एलियन देखिएको थियो । यसको मुख्य कारणमध्ये एउटा स्टारलिङ्क उपग्रहको प्रक्षेपण थियो, जसबाट आश्चर्यजनक रूपले बुफोरालाई ठूलो सङ्ख्यामा रिपोर्ट दिएको थियो किनभने यसमध्ये ठूलो सङ्ख्यामा उपग्रह आकाशमा गएको थियो । जसै मानिसले स्टारलिङ्क उपग्रहबारे थाहा पाए सन् २०२० मा एलियन्स हेरेको रिपोर्टको सङ्ख्यामा कमी आयो र रेकर्ड गरिएको दृश्य सन् २०१९ भन्दा लगभग आधा हुन पुग्यो ।

सेन्ट एल्बंस, हर्ट्सका ५६ वर्षीय एलियन प्रशंसक क्रिस बोनहम एलियनसँग भेट्न चाहन्छन् । उनले भने–म सदैव अन्य ग्रहको जीवनमाथि विश्वास गर्दथें र एलियनसँग भेट्ने मेरो सपना छ । यस्तो लाग्छ एलियन देख्नेहरूको सङ्ख्या घट्दै छ तर म हार मान्दिनँ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here