बदर मतको समस्या

0

राजनीतिक दलहरूलाई आफ्नो उम्मेदवार जित्नुसँग मतलब हुन्छ, मत बदरसित होइन । यसपालि बढी सङ्ख्यामा मत बदर हुनुमा मतपत्रको त्रुटि देखिएको छ । मतदाता शिक्ष्Fा नभएको दोस्रो कारण तेस्र्याइएको छ । मतपत्रमा त्रुटि हुनु सहज थियो । किनभने मनोनयनको एक–दुई दिन अघि मात्र राजनीतिक दलहरूले गठबन्धनमा जाने निर्णय गरेर उम्मेदवार सार्वजनिक गरे । त्यसपछि निर्वाचनको दिन १७/१८ मात्र बाँकी रहन्थ्यो । समयमा निर्वाचन गराउन निर्वाचन आयोगका लागि मतपत्र ठूलो बनाउनुपर्ने बाध्यता रह्यो । मतपत्र ठूलो मात्र भएन, मेयर एउटा पार्टीको, उपमेयर दोस्रो पार्टीको, वडा अध्यक्ष् अन्य–अन्य पार्टीका र त्यसैगरी सदस्यहरू पनि भिन्नाभिन्नै पार्टीका । स्वभावतः मतपत्र लामो र छाप लगाउनुपर्ने चिह्न यत्रतत्र छरिन पुग्यो । अशिक्ष्Fित मतदाताका लागि मत बदर हुन यति नै कारण पर्याप्त थियो । फेरि गठबन्धनका उम्मेदवारलाई गठबन्धनभित्रका दलहरूका समर्थक तथा कार्यकर्ताहरूले सहज स्वीकार गर्न गा¥हो पनि भयो । विरोधस्वरूप बदर हुने किसिमले  छाप हानियो ।

मानसिकताको विषय नितान्त वैयक्तिक हो । तर प्राविधिक कुरामा ध्यान पु¥याउन सकिन्थ्यो । निर्वाचन आयोगले मतपत्र छाप्नु अगावै दलहरूले गठबन्धन गरेर उम्मेदवार घोषणा गरेको भए यो समस्या आउने थिएन  केही प्रतिशत मात्र मत बदर हुने थियो । निर्वाचन भनेको प्रत्यक्ष्Fमा हारजीतको विषय हो, त्यसैले जति मत बदर भए पनि एउटा उम्मेदवारको विजय त हुन्छ नै, तर के त्यसले मतदाताको अधिकार हनन भएको ठहर्दैन ? लोकतन्त्रमा मत दिनु भनेको जनताको अधिकारको प्रत्याभूति हो । बदर मतले मतदाता अधिकारको प्रत्याभूति गर्दैन । यसबारे अब आइन्दा दलहरूले विचार पु¥याउनुपर्छ । यदि लोकतन्त्रलाई बहाल राख्ने हो, देशमा कुनै अधिनायकवादी शासनसत्ता हावी नहोस् भन्ने हो भने जनताको यो अधिकारको जगेर्ना कुनै पनि परिस्थितिमा हुनैपर्छ । जनताले सत्तामा आफ्नो साझेदारी रहेको प्रत्यक्ष्F अनुभूति पाउँदैन भने लोकतन्त्रप्रति उसको आस्थामा खडेरी पर्छ । यसै भएर होला हामीकहाँ निरन्तर राजनीतिक आन्दोलन भइरहन्छ ।

प्रश्न उठ्न सक्छ No Vote पनि त बदर हुन्छ । प्रत्यक्ष्तः नो भोट भनेको पनि कसैलाई मत नदिनु नै हो । तर नो भोट भनेको जनताले परोक्षरूपमा असल र योग्य उम्मेदवार खोजेको हो । मत दिनु जन –अधिकार होइन । असल र चित्त बुझेको उम्मेदवारलाई मत दिन पाउनु पनि हो । त्यसैले नो भोट, आफ्नो उम्मेदवार चयन गर्ने मतदाताको अधिकार हो । देशको तीनै तहको निर्वाचनमा राजनीतिक कार्यकर्ताभन्दा बढी बाहुबली, पैसावाल, तस्कर, अपराधमा संलग्न व्यक्ति हावी हुँदै गएका छन् । यसले गर्दा निर्वाचन महँगो हुन पुगेको छ । जीवनभर पार्टीमा लागेका कार्यकर्ताहरू निर्वाचनका बेला पजनीमा पर्ने र बाहुबलीहरू हुत्तिएर कुनै पार्टी प्रवेश गर्ने र निर्वाचन जित्ने गरेका छन् । यो प्रक्रिया लोकतन्त्रको स्वास्थ्य मात्र होइन, ज्यानकै लागि खतरनाक हुन सक्छ । दलहरूले कुनै पनि निर्वाचनमा लामो समयदेखि काम गरेका, जनताको सुखदुःखमा साथ दिएका कार्यकर्ताहरूलाई मात्र टिकट दिने हो भने निर्वाचन स्वतः सस्तो हुन पुग्छ । राजनीतिक कार्यकर्ताहरू राजनीतिक आस्था र जनसेवाप्रति समर्पित हुन्छन्, मतदाताले ऊसँग पैसाको अपेक्षा राख्दैन । अनि मतदाताले बदर नहोस् भनेर सतर्कतापूर्वक मतदान पनि गर्छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here