ढिलो गणनाले आइतवारसम्म चार वडाको मतगणना पनि सकिएन

0

प्रस, वीरगंज, १ जेठ/

पर्सा जिल्लाका १४ वटै पालिकामा मतगणना जारी छ ।

वैशाख ३० गते साँझ निर्वाचन सम्पन्न भएपनि वैशाख ३१ गते शनिवार कतै बिहान, कतै दिउँसो र कतै रातिदेखि मतगणना शुरू भएको थियो ।

ढिलो गरी शुरू भएको मतगणना पनि ढिलै गरी गणना भइरहेको छ । जसले गर्दा अहिलेसम्म १४ वटै पालिकामा केही वडाध्यक्ष्F, सदस्यबाहेकको परिणाम सार्वजनिक हुन सकेको छैन ।

वीरगंज महानगरपालिकाको मतगणना झनै ढिलो छ । शनिवार दिउँसो २ बजेदेखि शुरू भएको गणना आइतवार रातिसम्म चारवटा वडा पनि सकिएको छैन । पहिलो चरणमा वडा नं १, २ र ३१, ३२ को गणना भएको हो । आइतवार रातिसम्म चारवटै वडाको गणना सम्पन्न हुन सकेको छैन ।

यसैबीच, हामीलाई प्राप्त जानकारी अनुसार पोखरिया नगरपालिकामा दुईवटा वडाका अध्यक्षको टुङ्गो लागेको छ । वडा नं १ मा एमालेका प्रमोद गिरी र वडा नं १० मा एमालेकै सोनालाल गोढ विजयी भएका छन् ।

पोखरिया नगरपालिकाका वडा नं २, ३ र ९ को मत गणना भइरहेको छ । आइतवार साँझसम्म चार हजार २५४ मत गणना हुँदा एमालेबाट प्रमुखका उम्मेदवार प्रद्युमन चौहानले एक हजार ७९९ र उपाध्यक्ष रुवि ठाकुरले एक हजार ६११ मत पाएका छन् । नेपाली काङ्ग्रेसका दीपनारायण रौनियारले ६६६ र उपप्रमुख रहाना खातुनले एक हजार ५८ मत पाएका छन् । यसैगरी, लोसपाका नेजामुद्दीन समानीले ४४८ र आशादेवी चौहानले ५०५ मत पाएका छन् ।

कालिकामाई गाउँपालिकामा चार हजार ४३ मत गणना हुँदा नेपाली काङ्ग्रेसका अजय पटेलले एक हजार २१८ र उपाध्यक्ष राजमती देवीले एक हजार ३२६ मत पाएका छन् । जसपाका वशिष्ट कुर्मीले ८९४ र साहनी खातुनले ९२९ मत पाएका छन् । एमालेबाट अध्यक्षका उम्मेदवार राजेश चौरसियाले ५०४, उपाध्यक्ष अंशु आनन्द तिवारीले ३४८ मत पाएका छन् ।

छिपहरमाई गाउँपालिकामा चार हजार २४८ मत गणना हुँदा अध्यक्षमा एमालेका मनोजकुमार गुप्ताले एक हजार ५९०, उपाध्यक्ष्F मोदिना खातुनले एक हजार ३८१, जसपाका इगरासन साहले एक हजार ५७४, उपाध्यक्ष रेहाना खातुनले एक हजार ३३४ र नेपाली काङ्ग्रेसका नवीन सिंहले ७५२ तथा उपाध्यक्ष लीलावती देवीले ८७२ मत पाएका छन् ।

बहुदरमाई नगरपालिकामा एमालेबाट प्रमुखका उम्मेदवार शिव पटेलले एक हजार ३५३, उपप्रमुख सुषमा कुशवाहाले एक हजार ३६२, नेपाली काङ्ग्रेसका नितेन्द्र साहले एक हजार ३१६ र उपप्रमुख सोनामती देवीले एक हजार २८९ तथा जसपाबाट प्रमुखका उम्मेदवार सिंहासन साहले एक हजार ११३ र उपप्रमुख शान्ति कुशवाहाले एक हजार ४७ मत पाएका छन् ।

सखुवाप्रसौनी गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार यशवन्त यादवले ७६१, उपाध्यक्ष्F फूलमतीदेवी यादवले ५९१, जसपाका प्रदीप जैसवालले ४४८, उपाध्यक्ष्F शर्मिलाविष्ट महतोले ४५३ र नेपाली काङ्ग्रेसका शैलेन्द्र यादवले ३२५, उपाध्यक्ष्F मन्तुरादेवी थरुनीले ४८७ मत पाएका छिन् । यो गाउँपालिकाको अहिलेसम्म कुल एक हजार ८८६ मत गणना भएको छ ।

यसैगरी, पटेर्वासुगौली गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार हरिनारायण चौधरीले ७२५, उपाध्यक्ष मन्तुरादेवी थरुनीले ७१९, नेपाली काङ्ग्रेसका दिनेश चौधरीले ८०७ उपाध्यक्ष ममता महतोले ६१५ मत पाएका छन् । नेपाल सुशासन पार्टीबाट अध्यक्षका उम्मेदवार लालबाबू रामले २७७ र उपाध्यक्ष्F कविता चौधरीले २९६ मत पाएका छन् ।

जीराभवानी गाउँपालिकामा एमालेका रामप्रीत महतो थारूले एक हजार २१३, उषादेवी थरुनीले एक हजार २५७, नेपाली काङ्ग्रेसका अनोज चौधरीले एक हजार २९५, उपाध्यक्ष रेखा चौधरीले एक हजार २६३ र जसपाका बिकाउ भण्डारीले ६५६ तथा उपाध्यक्ष बिन्दु चौधरीले ६९९ मत पाएका छन् ।

ठोरी गाउँपालिकामा जारी मत गणनामा एमालेबाट अध्यक्षका उम्मेदवार लालबहादुर श्रेष्ठले एक हजार १३७, नेपाली काङ्ग्रेसका वृहस्पतिकृष्ण श्रेष्ठले एक हजार २०१ र माओवादी केन्द्रका पद्मलाल श्रेष्ठले ५६९ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी गोकुली रेग्मीले एक हजार ४९०, नेकाकी चीनमाया लामाले ७९६ र माओवादी केन्द्रकी निरु तामाङले ५५२ मत पाएका छन् । ठोरीमा आइतवार रातिसम्म दुईवटा वडाको मतगणना सम्पन्न भएको छ । तीनवटा वडाको बाँकी रहेकामा आइतवार राति १० बजेदेखि मतगणना शुरू हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पर्साबाट को को जिते…

ठोरी गाउँपालिका वडा नं २ को अध्यक्षमा नेपाली काङ्ग्रेसका अमृतकृष्ण सापकोटा विजयी भएका छन् । उनीसFगै वडासदस्यहरुमा नेपाली काङ्ग्रेसका केशर भण्डारी, सीताराम तिमिल्सिना, भगवती धिताल र एमालेबाट महिला सदस्यमा फूलमाया दर्जी विजयी भएका छन् ।

यसैगरी, पर्सागढी नगरपालिका वडा नं १ को अध्यक्षमा राजकपूर खवाससहितको प्यानल जितेको छ ।

पोखरिया नपामा वडा नं १ र १० का अध्यक्षमा एमालेका प्रमोद गिरी र सोनालाल गोढ विजयी भएका छन् ।

यसैगरी, जीराभवानी गाउँपालिका वडा नं १ को अध्यक्षमा एमालेका रामशरण खवास विजयी भएका छन् ।

यस्तै, पकाहामैनपुर गाउँपालिका वडा नं १ धोरेबाट अध्यक्षमा नेपाली काङ्ग्रेसका विनोद मेहता निर्वाचित भएका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here