बाराको कुन पालिकामा को अगाडि ?

0

प्रस, बारा, १ जेठ/

बारा जिल्लाका विभिन्न पालिकाहरूमा पनि मतगणना जारी छ । वडाध्यक्ष र सदस्यहरूबाहेक यो जिल्लामा पनि आइतवारसम्म कुनै पनि पालिकाको गणना सम्पन्न हुन सकेको छैन । दुईवटा उपमहानगरपालिका रहेको बारा जिल्लाको कलैया उपमहानगरपालिकामा एमालेबाट प्रमुखका उम्मेदवार विनोद साहले दुई हजार १६८ मत पाएका छन् भने उपप्रमुख रौशन प्रवीणले एक हजार४८७ मत पाएका छन् ।

नेपाली काङ्ग्रेसका राजेशराय यादव एक हजार ३६३ र उपप्रमुखमा लोसपाका प्रमोद गुप्ताले एक हजार ६७४ मत पाएका छन् ।

कलैया उपमहानगरमा ७० हजार ३५६ मतदाता रहेकामा ५५ हजार २६८ मत खसेको थियो ।

यसैगरी, जीतपुर उपमहानगरपालिकामा ७० हजार ६४ मतदाता रहेकामा ५५ हजार ९५८ मत खसेको थियो । यो उपमहानगरमा सत्तारूढ गठबन्धनको अग्रता कायमै छ । नेकपा माओवादी केन्द्रका राजन पौडेलले प्रमुखमा दुई हजार ९५५ मत ल्याएका छन् भने उपप्रमुखमा नेपाली काङ्ग्रेसकी मेघा शाहीले दुई हजार ८७१ मत ल्याएकी छन् ।

त्यस्तै, एमालेकी सरस्वती चौधरीले दुई हजार ४४१ र उपप्रमुख भोला अधिकारीले दुई हजार ३९२ मत ल्याएका छन् भने लोसपाका सञ्जय साहले एक हजार १५८ र उपप्रमुखमा विपिन मोक्तानले एक हजार १८७ मत ल्याएका छन् ।

कोल्हवी नगरपालिकामा नेपाली काङ्ग्रेसबाट नगरप्रमुखका उम्मेदवार रामप्रसाद चौधरीले एक हजार ७५७ र उपप्रमुखमा लक्ष्मी चौधरीले एक हजार ६३५ तथा प्रमुखमा एमालेका भरत भण्डारीले एक हजार ३२ र उपप्रमुखमा सुनैना थरुनीले एक हजार १३० मत ल्याएका छन् ।

सिम्रौनगढ नगरपालिकाको प्रमुखमा लोसपाका किशोरी कलवारले ८८८ र नजमु शेहरले ८१४ तथा नेपाली काङ्ग्रेसका विजयशङ्कर यादवले ७१६ र उपप्रमुख रीता कुशवाहाले ६९२ मत पाएका छन् ।

प्रसौनी गाउँपालिकामा १३ हजार ३२७ मत खसेको थियो र अहिले जारी मतगणनामा एमालेका विनोद जैसवालले अध्यक्षमा एक हजार ६७८, उपाध्यक्षमा किरण देवीले एक हजार ४११ मत पाएका छन् भने लोसपाका भोला गुप्ताले ९०३ र उपाध्यक्ष गीता साहले ९०४ मत पाएका छन् ।

नेपाली काङ्ग्रेसका सुनील गुप्ताले अध्यक्ष्Fमा ७०८ र उपाध्यक्षमा नीलम साहले ७६३ मत पाएका छन् ।

आदर्शकोतवाल गाउँपालिकामा १२ हजार ८१५ मत खसेको थियो भने जारी मतगणनामा नेपाली काङ्ग्रेसबाट अध्यक्षका उम्मेदवार जवाहार प्रसादले ९३८, उपाध्यक्ष मीरादेवीले ५५४, एमालेबाट अध्यक्षका उम्मेदवार मुस्तफा अन्सारीले ४१४, उपाध्यक्ष बासमती देवीले ४२४ मत पाएका छन् ।

यसैगरी, जसपाबाट अध्यक्षका उम्मेदवार मदन यादवले १७२ र उपाध्यक्ष पूनम देवीले ३३० मत पाएका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here