सिंह र सरावगी मन्द मुस्कानका साथ नतीजाको पर्खाइमा

0

प्रस, वीरगंज, १ जेठ/

वीरगंज महानगरको मतगणना अहिले जारी छ ।

आइतवार दोस्रो दिन पनि सुस्त गतिमा मतगणना जारी रह्यो । एकातिर सत्तारूढ गठबन्धन छ भने अर्कोतिर एमाले–लोसपाको गठबन्धन छ । तेस्रो दलको उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी छ ।

तर वीरगंजको मतगणना जारी रहँदा सत्तारूढ गठबन्धनको जसपाबाट नगरप्रमुखका उम्मेदवार राजेशमान सिंह र सांसद प्रदीप यादव मतगणना स्थलमा निरन्तर आउजाउ गरिरहेका छन् ।

मतगणनाको दोस्रो दिन मात्रै एमाले–लोसपा गठबन्धनको साझा उम्मेदवार विजयकुमार सरावगी आइतवार दिउँसो ३ बजेपछि मतगणना स्थलमा देखा परे । वीरगंज–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयमा भइरहेको मतगणनामा राप्रपाका गिरीश गिरी र वीणा जैसवाल कुर्मी देखा परेका छैनन् । सत्तFरूढ गठबन्धनबाट उपप्रमुखका उम्मेदवार नेपाली काङ्ग्रेसका इम्तियाज आलम पनि दोस्रो दिन आइतवार मात्र देखा परे । लोसपाका उपप्रमुख उम्मेदवार पुरुषोत्तमलाल झा अहिलेसम्म मतगणना स्थलमा देखा परेका छैनन् । उनको घर सोही वडामा पर्छ ।

मतगणना स्थलमा जसपाका रसिंह र एमालेका सरावगी दलबलका साथ देखिएका थिए । नगरप्रमुखका दुवै उम्मेदवारले मन्द मुस्कानसहित नतीजाको व्यग्र प्रतीक्षामा रहेको प्रत्यक्षदर्र्शीले बताए ।

दुवै उम्मेदवारले अहिलेको मतपरिणामले प्रारम्भिक रुझानलाई मात्रै जनाएको र कम्तीमा चार दिनपछिको नतीजाले केही सङ्केत देखा पर्ने बताए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here