रहिनन् स्वर्ण विजेता खेलाडी सञ्जु

0

काठमाडौं, २६ वैशाख/रासस

ते¥हौं दक्षिण एशियाली खेलकूद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सञ्जु चौधरी मङ्गलवार मृतावस्थामा भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालय, ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आज बिहान कोठाभित्र झुन्डिएको अवस्थामा चौधरी फेला परेको बताए । उनका अनुसार चौधरी बस्ने कोठा भित्रबाट चुकुल लगाइएको थियो ।

प्रहरी उपरीक्षक शाहले प्रारम्भिक अनुसन्धानमा चौधरीले आत्महत्या गरेको हुन सक्ने जनाउँदै थप अनुसन्धानपछि सत्यतथ्य पत्ता लाग्ने बताए । उनले चौधरीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको जानकारी दिए । खेलाडी चौधरी ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा कोठा भाडामा बस्दै आएकी थिइन् ।

१९औं एशियाली खेलकूद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा छनोट भएकी चौधरी बन्द प्रशिक्षणमा सामेल हुन काठमाडौं आएकी थिइन् । बाँके घर भएकी अविवाहित चौधरीले सन् २०१९ मा नेपालमैं आयोजना भएको १३औं सागमा महिला ५९ किलो तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् । उनले श्रीलङ्काको खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here