विद्यालयको अर्थ र आवश्यकता

0
  • अनन्तकुमार लाल दास

जहाँ विद्यार्थीहरूलाई शिक्षकद्वारा शिक्षा प्रदान गरिन्छ, सामान्य अर्थमा त्यसलाई विद्यालय भनिन्छ । विद्यालयलाई अङ्ग्रेजी भाषामा स्कूल भनिन्छ । स्कूल शब्दको उत्पत्ति ‘कजयबि’ वा ‘कपजयभि’शब्दबाट भएको हो जसको अर्थ ‘अवकाश’ हुन्छ । यस सम्बन्धमा एएफलीचले के प्रस्ट पारेका छ भने “वादविवाद वा वार्ताको ठाउँ, जहाँ एथेन्सका युवाहरू छुट्टीको बेला खेलकूद, व्यवसाय र युद्ध प्रशिक्षणमा व्यतीत गर्दथे, बिस्तारै दर्शन र उच्च कलाको विद्यालयमा परिवर्तन भए । एकेडमीको सुन्दर बगैंचामा व्यतीत गरिने छुट्टीको माध्यमले विद्यालयको विकास भएको हो ।”

विद्यालय शब्द संस्कृतका दुइटा शब्द विद्या+आलय विद्या प्रदान गर्ने घर हुन्छ । अतः विद्यालय त्यो स्थल हो, जहाँ ज्ञान प्राप्त हुन्छ । यसले यस्तो वातावरण निर्माण गर्छ, जसलाई एउटा केटा वा केटीले एउटा निश्चित अवधिमा निश्चित पाठ्यक्रमद्वारा पूरा गर्छन् । वर्तमानमा धेरैजसो विद्यालय, त्यो ठाउँ हो, जहाँ बिक्रेता वा शिक्षकहरूद्वारा केही विषयहरूको सूचना बेचिन्छ । विद्यालयको यस अवधारणालाई पेस्टालाजीको शब्दमा “केटाकेटीलाई उसको स्वाभाविक जीवनबाट टाढा गर्छ र उसको स्वतन्त्रतालाई अवरोध गरेर अनावश्यक कुरा घोक्न भेडाजस्तै हाँकेर घण्टौं, दिन, साता, महीनौं र वर्षभरि पीडादायक जन्जीरमा बाँधिन्छ ।”

तर नौलो शैक्षिक विचार र प्रयोगले उक्त अवधारणामा परिवर्तन ल्याउने प्रयास गरेको छ । फ्राबेलले विद्यालयलाई ‘केटाकेटीहरूको बगैंचा’ भनेका छन् । जसरी बगैंचामा मालीले रूखबिरुवाहरूको हेरचाह गरेर उत्तम फलफूल दिनको लागि तयार गर्छ त्यसैगरी शिक्षकहरूले केटाकेटीहरूको चौतर्फी शारीरिक, मानसिक, सामाजिक, नैतिक आदि विकासका लागि उनीहरूको हेरचाह गर्नुपर्छ । विद्यालय एउटा सानो समुदाय हो, जसको स्थापना विशिष्ट उद्देश्य पूर्तिका लागि गरिन्छ । यसमा त्यस्ता सामूहिक क्रियाकलापलाई ठाउँ दिइन्छ, जसमा भाग लिएर केटाकेटी स्वयंलाई समाजको एउटा जागरूक सदस्य बनाउन सकून् अर्थात् उत्कृष्ट नागरिक गुण सिक्न सकून् । आज समाजमा युवाहरूको लागि व्यक्तिगत निर्देशन र सल्लाहको अत्यन्त आवश्यकता छ, किनभने समाज आज सङ्क्रमणकालबाट गुज्रिरहेको छ । यस कारण विद्यालयहरूले एउटा उपचार केन्द्रको रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।

विभिन्न विद्वान्हरूले विद्यालयको विभिन्न तरीकाले परिभापा दिएका छन् । ती परिभाषाहरूको अध्ययनपछि के तथ्य प्रस्ट हुन्छ भने विद्यालय एउटा विशिष्ट वातावरणको नाम हो । यहाँ सम्पन्न हुने सबै खाले क्रियाकलापहरू केटाकेटीहरूको विकासका लागि उत्तरदायी छन् । यो केटाकेटीहरूको विकासको केन्द्र हो । विद्यालय केटाकेटीहरूलाई समाजयोग्य बनाउने संस्था हो । त्यहीं अर्कोतिर के पनि प्रस्ट हुन्छ भने विद्यालय समाजद्वारा निर्मित संस्था हो । यो त्यो ठाउँ हो, जहाँ संसारको महŒवपूर्ण क्रियाहरूलाई ठाउँ दिइन्छ । यसले समाजको उत्कृष्ट रूपको प्रतिनिधित्व गर्छ । यो केटाकेटीहरूको भावी जीवनको तयारीका लागि स्थापित गरिन्छ । विद्यालय सामुदायिक जीवनको केन्द्रबिन्दु हुनुपर्छ ।

विद्यालयको आवश्यकतामाथि भारतीय शिक्षाविद् एस. बालकृष्ण जोशीले के लेख्छन् भने–“कुनै पनि राष्ट्रको प्रगति कलकारखाना, संसद् वा न्यायालयबाट नभई विद्यालयबाट हुन्छ ।” आधुनिकीकरण, उद्योगीकरण, शहरीकरण, जनसङ्ख्या वृद्धि, विघटित परिवार र बढी भौतिक सुखसुविधाको कारण वर्तमानमा मानिसको जीवन जटिल हुँदै गएको छ । वर्तमानमा मानिसलाई व्यावहारिक जीवनको कैयन समस्यासँग जुझ्नुपरिरहेको छ । यी यावत् समस्याहरूको समाधानबेगर मानिसको लागि बाँच्न गा¥हो भइसकेको छ तर यावत् समस्याको समाधान गर्न त्यति सजिलो पनि छैन । यसको लागि चौतर्फी ज्ञान र विज्ञानको आवश्यकता छ । यस कारण यस्ता आवश्यकता पूर्तिका लागि विद्यालयको आवश्यकता छ किनभने विद्यालयहरू नै जटिल समाजको साधन र सिद्धिहरूलाई भावी पीढीसम्म पु¥याउन सक्षम छन् । विद्यालयको आवश्यकता तपसीलका बूँदाबाट प्रस्ट हुन्छ ।

१) परिवार र विश्वलाई जोड्ने कडीः

परिवारले केटाकेटीहरूमा माया, दया, सहानुभूति, सहनशीलता, सहयोग, सेवा, अनुशासन र निस्स्वार्थ भावजस्ता गुणहरूको विकास गर्छ । तर पारिवारिक पर्खालको चक्करमा परेर उनीहरूका यी सबै गुण आफन्तसम्म मात्र सीमित हुन पुग्छ । यसबाट उसको दृष्टिकोण सङ्कुचित हुन्छ । विद्यालय केटाकेटीहरूको पारिवारिक जीवनलाई बाह्य जीवनसँग जोड्ने महŒवपूर्ण कडी हो । कारण के हो भने विद्यालयमा रहँदा उसले अन्य केटाकेटीहरूसँग सम्पर्क स्थापित गर्छ । यसरी उसको दृष्टिकोण फराकिलो हुन्छ, जसबाट बाह्य समाजसँग सम्पर्क स्थापित गर्न कठिनाई हुँदैन ।

२) जीवनको जटिलताः

वर्तमान जीवन प्राचीनकालजस्तै सरल र सुखमय रहेन । पहिले मानिससँग आफ्नो आवश्यकता पूर्ति गर्न र सन्तानलाई शिक्षित गर्न पर्याप्त समय हुन्थ्यो । आज जनसङ्ख्या वृद्धि, भौतिक साधनहरूको प्रचुरता र सामानहरूको बढ्दो मूल्यले गर्दा जीवन जटिल हुँदै गएको छ । आज मानिससँग फुर्सदको अभाव भएको कारणले सन्तानलाई स्वयं शिक्षित गर्नु सम्भव छैन । यसर्थ उसले यो कार्य विद्यालयलाई सुम्पेको छ ।

३) विशाल सांस्कृतिक विरास :

वर्तमान सांस्कृतिक विरासत धेरै विस्तृत भएको छ, जसमा कैयन प्रकारका ज्ञान, सीप र कार्य गर्ने विधि समावेश गरिएको छ । यस्तो उत्तराधिकारको शिक्षा दिन मानिस आफूलाई असमर्थ पाउँछ । यस कारण उसले यो कार्य विद्यालयलाई सुम्पिदिएको छ ।

४) चौतर्फी प्रतिभाको उद्गमस्थल :

हुनत घरपरिवार केटाकेटीहरूको पहिलो पाठशाला हो, तर घरमा हासिल हुने शिक्षा धेरै सङ्कुचित हुन्छ । यस प्रकारको शिक्षाद्वारा उनीहरूलाई त्यो ज्ञान हासिल हुँदैन, जुन विद्यालयमा प्राप्त हुन्छ । विद्यालयमा उनीहरूलाई चौतर्फी शिक्षा दिइन्छ, जसबाट जीवनको हरेक क्षेत्रमा ऊ सफल हुन सक्छ । विद्यालयमा केटाकेटीहरूले कुनै पनि विषयमा विशिष्ट र विस्तृत ज्ञान हासिल गर्छ । यस कारण घरको तुलनामा विद्यालय शिक्षा महŒवपूर्ण हुन्छ ।

५) विशिष्ट वातावरणको अवस्था :

विद्यालयले विद्यार्थीहरूलाई एउटा विशिष्ट वातावरण प्रदान गर्छ । यो वातावरण शुद्ध, सरल र सुव्यवस्थित हुन्छ । विद्यार्थीमाथि यसको सही र शिक्षाप्रद प्रभाव पर्दछ । यस्तो वातावरण शिक्षाको अन्य कुनै साधनले प्रदान गर्न सक्दैन ।

६) व्यक्तित्व विकास :

घर, समाज, धर्म आदि शिक्षाका राम्रो साधन हुन् तर यसको न कुनै निश्चित उद्देश्य हुन्छ, न पूर्व निर्धारित कार्यक्रम नै । परिणामस्वरूप कहिलेकाहीं केटाकेटीहरूको व्यक्तित्वमाथि यसको नकारात्मक प्रभाव पर्छ । यसविपरीत विद्यालयको एउटा निश्चित उद्देश्य र पूर्व निर्धारित कार्यक्रम हुन्छ । परिणामस्वरूप केटाकेटीहरूमाथि यसको व्यवस्थित प्रभाव पर्छ र उसको व्यक्तित्वको सामञ्जस्यपूर्ण विकास हुन्छ ।

७) आवश्यकता पूर्तिमा सहयोगी :

मानिस सामाजिक प्राणी हो । यस कारण वर्तमान भौतिकवादी युगमा मानिसको आवश्यकता र इच्छा बढ्दै गइरहेको छ । विद्यालयमा केटाकेटीहरूको रुचि र आवश्यकता अनुसार शैक्षिक वातावरणको निर्माण गरिन्छ, जसमा उनीहरूले थरीथरीका ज्ञान हासिल गरेर आफ्नो तथा समाजको आवश्यकता पूर्ति गर्न सकून् ।

८) सामुदायिक जीवनलाई प्रोत्साहन :

विद्यालय एउटा सामाजिक संस्था हो र शिक्षा एउटा सामाजिक प्रक्रिया । यस कारण यी दुइटैले सामाजिक विकास तथा सामुदायिक जीवनलाई विकसित गर्न सहयोग प्रदान गर्दछ । सामाजिक विकासबाट सामाजिक गुण हासिल हुन्छ र सामुदायिक जीवनले केटाकेटीमा स्वतन्त्रता, समानता र भ्रातृत्व आदि आदर्शको महŒवलाई प्रोत्साहित गर्दछ ।

९) विद्यालयले घरभन्दा बढी शिक्षा दिन्छ :

विद्यालयमा विभिन्न परिवार, समुदाय र संस्कृतिबाट विद्यार्थी शिक्षा हासिल गर्न आउँछन् । त्यहाँ उनीहरू सँगसँगै बसेर ती सबै कुरा हासिल गर्छन् जुन परिवारमा सम्भव छैन । यसर्थ सामाजिक शिष्टता, सहानुभूति र निष्पक्षता आदि गुण विकसित गर्न विद्यालय पठाउनु अति आवश्यक छ ।

१०) प्रगति एवं विकासको लागि उपयुक्त वातावरण :

विद्यालयले केटाकेटीको प्रगति एवं विकासका लागि उपयुक्त एवं सन्तुलित वातावरण प्रदान गर्छ । अज्ञानता, निर्धनता, बसोवासको अभाव, कोलाहल, सामाजिक विकृति आदिका कारण घर तथा छिमेकको वातावरण अनैतिक र अव्यवस्थित हुन्छ जसमा शिक्षा हासिल गर्नु अनुपयुक्त मात्र नभई असम्भव पनि हुन्छ । विद्यालयले विद्यार्थीहरूको लागि उपयुक्त, सरल, शुद्ध र सन्तुलित वातावरण प्रस्तुत गर्छ ।

११) विद्यालय पारिवारिक र बाह्य जीवनलाई जोड्ने कडी :

परिवारमा जन्मेर केटाकेटीको प्रारम्भिक विकास पनि त्यहीं हुन्छ । परिवारमा बसेर उसले सेवा, माया, सहयोग, आज्ञाकारिता, अनुशासन आदि आदर्श गुण हासिल गर्छ । परिवारबाट निस्केर विद्यालय पुग्दा उनीहरूलाई विभिन्न धर्म, जातजाति र सम्प्रदायका केटाकेटीहरूसँग बस्नुपर्छ । जसले गर्दा उसको दृष्टिकोण फराकिलो हुन्छ र उसले बाह्य क्रियाकलापमा पनि रुचि लिन थाल्छ ।

१२) राज्यको आदर्श र विचारहरूको प्रचार :

राज्यको आदर्श र विचारलाई सीमित समयमा प्रसारित गर्ने महŒवपूर्ण थलो विद्यालय हो । यसै कारणले होला गणतान्त्रिक, साम्यवादी र फासिस्टवादी सबै खाले सरकारले विद्यालयको महŒव स्वीकार गरेका छन् ।

वर्तमान समयमा विद्यालयहरूले आफ्नो उत्तरदायित्व राम्ररी सम्पादन गर्ने खाँचो रहेको छ किनभने विद्यालय सांस्कृतिक परम्पराको रक्षक हुन्छ । यसर्थ विद्यालय समाजको ऐना मात्र नभई समाज सञ्चालनमा एउटा आदर्श कायम गर्छ । यसैगरी हरेक देशको एउटा आदर्श हुन्छ । विश्वमा आआफ्नो ढङ्गले हरेक राष्ट्रले केही न केही योगदान गर्नुपर्ने हुन्छ । यो योगदान राष्ट्रको आदर्शमाथि निर्भर हुन्छ । विद्यालय यी आदर्शहरूबाट विद्यार्थीलाई दीक्षित गर्ने प्रयास गर्छ । लोकतन्त्र, राजनीति, समाज र अर्थतन्त्र त्यसबेला मात्र सफल हुन्छ जब नागरिक–शिक्षामाथि ध्यान दिइन्छ । विद्यालय लोकतान्त्रिक संस्कारलाई विद्यार्थीहरूको व्यवहारमा उतार्ने प्रयास गर्छ ।

सबै केटाकेटीहरू समान हुँदैनन् । कोही प्रतिभावान्, कोही मध्यम स्तरका त कोही पिछडिएका हुन्छन् । विद्यालयमा यी सबै खाले विद्यार्थीहरूको व्यक्तित्व विकासको अवसर प्रदान गरिन्छ । राम्रो जीवन कसरी व्यतीत गर्ने भन्ने शिक्षा विद्यार्थीको आवश्यकता हो । साधारण परिवारको वातावरण कोलाहलमय र कलहपूर्ण हुन सक्छ । यस्तो अभावग्रस्त परिवारबाट जीवनोपयोगी कलाको शिक्षाको आशा गर्नु पोखरीमा जौ उमार्नु जस्तै हुन्छ । तर विद्यालयले अलिकति प्रयास गरेर यस दिशामा विद्यार्थीहरूलाई शिक्षित गर्न सक्छ । यसरी विद्यालयले सामाजिक पुनर्संरचनाको दायित्व लिएर यस्तो शिक्षा दिन्छ, जसबाट विद्यार्थीले सामाजिक कुरीतिको आलोचना गर्न सकोस्, साथै समुदाय एवं राज्यमा आफ्नो ठाउँ राम्ररी बुझेर आफ्नो अधिकार र कर्तव्यको उपयोग गर्न सकोस् । (प्रस्तुत आलेख विद्यालय भर्ना अभियानलाई सार्थक बनाउन लेखिएको हो ।)

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here