गरीबीमा पिल्सिएको नेपाल

0
  • राजेश श्रीवास्तव

 “नेपाल गरीब छ तर नेपाली हैन” यो उखान नसुनेको कोही नहोला । कुनै प्रसङ्गमा नेपाल धनी छ सुनिनु कुनै नौलो कुरो होइन तर यथार्थमा नेपाली गरीब नै हुन् । कुल जनसङ्ख्याको ०.०३ प्रतिशतले कार र १४ प्रतिशतले मोटरसाइकल चढेका छन् । नेपालको कुल जनसङ्ख्याको ३० प्रतिशतले प्राथमिक आवश्यकता पूरा गरेको छैन । छोरीको विवाह गर्दा ऋण, जग्गा किन्दा ऋण, छोराछोरीलाई उच्च शिक्षा दिंदा ऋण, घर बनाउँदा ऋण आदि ऋण लागिरहने व्यक्ति कसरी धनी हुन सक्छ ? मैले बुझ्न नसकेको विषयमध्ये पर्छ ।

नेपालमा सामान्यतया दुर्ई किसिमका गरीब छन् । एक, जसले आफ्नो आयबाट प्राथमिक आवश्यताहरू पूरा गर्न सक्दैन जस्तं गाँस, बास, कपास र अर्काे जसले आफ्नो आयबाट प्राथमिक आवश्यकताहरू मात्र पूरा गर्न सक्छन् । कुनै पनि देश धनी हुनको लागि त्यस देशको राष्ट्रिय आय उच्च हुनुपर्दछ । जबसम्म देश धनी हुन सक्दैन, तबसम्म त्यस देशका नागरिक धनी हुन सक्दैनन् ।

विकसित देशहरूमा जनताका आधारभूत आवश्यकता पूरा गर्ने जिम्मेवारी त्यस देशका सरकारले गरेको हुन्छ । अमेरिका, क्यानडा, डेनमार्क, लन्डन, जापान, अस्ट्रेलिया जस्ता विकसित देशहरूमा स्वास्थ्य र शिक्षा पनि आधारभूत आवश्यकताभित्र पर्दछन् । ती आवश्यकताबाट जनतालाई वञ्चित गराइँदैन र जनतालाई देशमा लगानी गर्न उत्प्रेरित गराइन्छ । जसले गर्दा उत्पादकत्वमा वृद्धि हुन्छ र देश धनी हुन्छ, जनता सुखी हुन्छ । तर नेपाल जस्तो विकासोन्मुख देशमा सरकारले आधारभूत आवश्यता पूरा गर्नुपर्ने जिम्मेवारीको कुनै प्रावधान छैन । फलस्वरूप नेपाली जनता गरीबीको रेखामुनि बस्न बाध्य छ । केही प्रतिशत जनता गरीबीको रेखाभन्दा माथि उठ्न सकेको छ । गरीब र धनीबीचको रेखाचित्रलाई यसरी हेरौं ।

यसो त नेपाल गरीब नै छ र धनी हुनै सक्दैन भन्ने होइन । नेपालमा प्रशस्तै स्रोत तथा साधनहरू छन्, जसको उपयोगले देश धनी हुन सक्छ ।

सर्वप्रथम देश धनी हुनका लागि पूँजी निर्माणको अवधारणालाई अघि सारिन्छ । तर पूँजी निर्माणको लागि तीनवटा कुराको जरुरी हुन्छ– बचत गर्ने क्षमता, बचत गर्न योग्य र बचत गर्न सुविधा । जसरी बचत गर्न सक्ने क्षमताको अनुपात बढ्दै जान्छ, त्यसरी नै उत्पाकदत्वको अनुपात बढ्दै जान्छ र आयात कम हुन थाल्छ । अर्काे महŒवपूर्ण पक्ष भुक्तानीको सन्तुुलनको अवधारणालाई सारिएको छ । जब व्यापारघाटाको अनुपात बढ्दै जान्छ, त्यसरी नै राष्ट्रले सञ्चय गरेको विदेशी मुद्रा घट्दै जान्छ र देश गरीबीतर्फ बढ्दै जान्छ । त्यस कारण देशमा आयातको अनुपात निर्यातभन्दा कम हुनुपर्दछ । देश धनी हुन आयातलाई क्रमशः कम गर्दै लैजानुपर्छ । गरीबीबाट माग तथा आपूर्तिमा फरक पर्दै जान्छ । यसलाई रेखाचित्रबाट यसरी पनि हेरौं ।

देश धनी हुनको लागि प्रत्येक व्यक्तिलाई देशमा लगानी गर्ने अवसर दिनुपर्छ र शिक्षा तथा स्वास्थ्य जस्ता महŒवपूर्ण पक्षहरूमा राज्यको समुचित ध्यान हुनुपर्दछ । विप्रेषण (रेमिटान्स)ले गरीबी घटाए पनि दीर्घकालीनरूपमा गरीबी घटाउन सक्दैन । मुलुकबाहिर बसेर कमाउनुले राष्ट्रनिर्माणमा दीर्घकालीन असर पु¥याउँदैन ।

सरकारले पनि लगानीको उपयुक्त वातावरणको तयारी गर्नुपर्दछ, जसले गर्दा लगानी विदेशिने सम्भावना कम हुन्छ । देशको पैसा देशमैं रहन्छ र उक्त रकम देशमा लगानी गर्न योग्य हुन्छ । देशमा बन्द भएका कलकारखानाहरू खोल्ने वातावरण मिलाउनुपर्दछ र आयातित वस्तुहरू कसरी नेपालमैं उत्पादन गर्न सकिन्छ भन्नेतिर उपयुक्त योजना अघि सार्नुपर्दछ । विश्वव्यापीकरणले गर्दा हरेक वस्तु नेपालमैं उत्पादन गर्न सम्भव छ । युवा पुस्तालाई व्यावहारिक शिक्षा प्रदान गरी स्वदेशमैं रोजगारको अवसर सरकारले दिन सक्नुपर्दछ । जसको कारणले शिक्षित युवाशक्ति विदेश जान कम हुन्छ र उसको शिक्षालाई नेपालमैं उपयोग गर्न सकिन्छ । नेपाली युवाशक्तिलाई विदेशमा पठाउनुभन्दा विदेशी दक्ष जनशक्तिलाई नेपालमा ल्याउने वातावरण मिलाउने सके देश समृद्ध हुन सक्छ भन्ने मान्यता रहेको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here