नेपालका आगन्तुक चराहरू

0
  • पृष्ठभूमि

चराहरू उड्ने प्रजातिका जीव हुन्, जुन न्यानो ठाउँमा बस्न रुचाउँछन् । चराहरू कशेरुका न्यानो रगतका पशु हुन् अर्थात् वातावरणको तापमानको साथ परिवर्तन हुँदैनन् । चराहरू एक ठाउँबाट अर्को ठाउँमा उड्ने प्रक्रियालाई चराको बसाइँसराइ भनिन्छ ।

वातावरणीय सन्तुलनका दृष्टिकोणबाट आगन्तुक चराहरूको धेरै महŒव हुन्छ किनभने
यी चराहरूले बढी मात्रामा कीराफट्याङ्ग्राहरू खाने गर्दछन्, जसबाट वातावरण सन्तुलन भइरहन्छ । नेपालमा ८८६ प्रजातिका चराहरू पाइन्छन् । नेपालबाट आठ प्रजातिका चरा लोप भइसकेका छन् । १६७ प्रजातिका राष्ट्रियरूपमा सङ्कटापन्न अवस्थामा छन् । विश्वमैं दुर्लभ चरामध्ये नेपालमा ४४ प्रजातिका चरा पाइन्छन् ।

आगन्तुक चराका प्रकारहरू
नेपालमा आगन्तुक चराहरू तीन किसिमका पाइन्छन् जुन यस प्रकार छन्–
१. रैथाने चरा
२. हिउँदे आगन्तुक चरा
३. ग्रीष्मकालीन आगन्तुक चरा

खासगरी उत्तरी ध्रुवमा हिमपातको सुरुआतसँगै अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा बर्सेनि करीब १५० प्रजातिका चराहरू उत्तरी मुलुकहरू रूस, किर्गिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रहरूबाट नेपालमा आउने गर्दछन् । नेपालको हिमाली क्षेत्रका रैथाने चराहरू पनि उच्च हिमाली क्षेत्रबाट हिउँदयामको जाडो छल्न र आहाराको खोजीमा नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा आउने गर्दछन् ।

यसैगरी, करीब पचास प्रजातिका बटुवा चराहरू नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्दछन् । त्यस्तै, वर्षायाममा पनि नेपालमा बच्चा कोरल्नको लागि बर्सेनि हजारौं चरा भित्रिन्छन् । यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक चराहरू नेपालका प्रमुख सिमसार क्षेत्रहरू कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीहरूमा नै मूलरूपमा आफ्नो समय व्यतीत गर्दछन् । यी हिउँदे पर्यटक चराहरू नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म जारी रहन्छ भने चैतसम्ममा प्रायःजसो आफ्नो स्थायी बसोबासमा फर्किसकेका हुन्छन् । यसर्थ असोजदेखि चैत महीनासम्मको समयलाई आगन्तुक चराको सिजन मानिन्छ । यसरी जाडोयाममा नेपालमा बसाइँ सरी आउने चराहरूको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिहरूमा शिकारी तथा मांसहारी चरा चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि पर्दछन् ।

जाडो सकिंदै गर्दा हिउँदे आगन्तुक चराहरू आआफ्नो देश फिरिसकेका हुन्छन् भने दक्षिणी मुलुकहरू र अफ्रिकासम्मबाट ग्रीष्मकालीन आगन्तुक चराहरू बच्चा कोरल्न नेपाल आइसकेका हुन्छन्, जुन असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करीब चालीस प्रजातिका चराहरूको अधिकांश हिस्सा कोइली प्रजातिका हुन्छन् भने अन्य मुरलीचरी, स्वर्गचरी, चित्रकपिट्टा, कटुस टाउके आदि रहन्छन् ।

ग्रीष्मकालीन आगन्तुक चराहरूको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषिभूमि हुन् । यसरी नेपालमा आउने चराहरू हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने ग्रीष्मकालीन आगन्तुक गरी आउने र जाने क्रम वर्षभरि नै निरन्तर चलिरहन्छ । यी आगन्तुक चराहरू केही बीचबीचमा बास बस्दै र केही सीधैं उडेर हजारौं माइलको यात्रा अनेकौं जोखिमहरू पार गर्दै नेपाल आउने गर्दछन् । विदेशबाट नेपाल आउने चरा सूर्य, चन्द्रमा तथा तारा देखिने दिशा, चुम्बकीय क्षेत्रको दिशा पहिल्याउँदै फ्लाई वेको आकाशे बाटो हुँदै नेपाल आउँछन् । जाडो छल्न आउने हिउँदे आगन्तुक चराहरूमध्ये केही विशेष प्रजातिका चराहरू छन् जस्तै खोया हाँस विश्वको सर्वोच्च शिखर सगरमाथा पार गरेर जाडोयाममा चीनको तिब्बत र रूसको साइबेरियाबाट नेपाल आउने गर्दछन् ।

स्वर्गचरी

त्यस्तै, ग्रीष्म आगन्तुक जुरे कोइली अफ्रिका महादेशबाट करीब पाँच हजार किलोमिटर लामो दूरी पार गर्दै नेपाल भित्रिन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र अन्डा अरू चराको गुँडमा पार्दछन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काइदिन्छ ।

चुनौती तथा समस्याहरू यसरी नेपालमा बसाइँ सरी आउने चराहरू खासगरी बासस्थान सङ्कुचन तथा विनाश, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, वन फँडानी र अतिक्रमण, वन डढेलो, घाँसे मैदानको नाश, तालतलैयाहरू सुक्नु, नदीहरू प्रदूषित हुनु, राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा आबादी बढ्नु, बालीनालीमा कीटनाशक औषधिको प्रयोग हुनु, आहाराको कमी, अवैध चरा शिकार तथा व्यापार, बदलिंदो तापमान र मौसम परिवर्तन जस्ता कारणहरूले सङ्कटमा फस्दै गइरहेका छन् ।

शहरीकरण, औद्योगिकीकरण, आणविक प्रयोग, अम्लीय वर्षा र जलवायु परिवर्तन जस्ता समग्र पर्यावरणीय चुनौतीहरूले पनि यी प्रजातिहरूको विवरण र जीवन प्रक्रियालाई हाँक दिइरहेको छ । पछिल्ला वर्षहरूमा यसरी बसाइँ सरी आउने आगन्तुक चराहरूको सङ्ख्यामा कमी आएको खोया हाँस  विभिन्न अध्ययन प्रतिवेदन र चरा अवलोकनकर्ताहरूको अनुभूतिले बताउँछ । अशिक्षा र संंरक्षण चेतनाको कमीका साथै जनसङ्ख्याको बढ्दो चाप र गरीबीका कारण प्राकृतिक स्रोतमा अत्यधिक निर्भरताको प्रभाव स्वरूप यी चराहरूको आगमनमा देखिएको उल्लेखनीय गिरावट चरा संरक्षणमा ठूलो चुनौतीको रूपमा विकसित हुँदै गइरहेको छ । हिउँदेयामका आगन्तुक चराहरूको मुख्य आश्रयस्थल सिमसार भएकोले बिग्रँदो र खिइँदो सिमसारको स्वरूप, मिचाहा झारको प्रकोप र चोरी शिकारले यी पाहुना चराहरू प्रभावित भइरहेका छन् । ग्रीष्मकालीन पाहुना चराहरू मूलतः वनमा आश्रित हुनु र यसै समयमा हुने भीषण वन डढेलो तथा विनाशले गम्भीर सङ्कट झेलिरहेका छन् ।

विभिन्न सिमसार क्षेत्र र वन पर्यावरणको सूचकका रूपमा हेरिने यी आगन्तुक चराहरूको सङ्ख्यामा आएको उल्लेखनीय गिरावटले नेपालको बिग्रँदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतहरूको ¥हासलाई जनाउँछ । अतः आगन्तुक चराहरू हाम्रा पाहुना हुन् । पाहुनाको संरक्षण गर्नु र जैविक सन्तुलन कायम गर्नु हाम्रो कर्तव्य हो ।

– डा प्रवीणकुमार झा
त्रिचन्द्र बहुमुखी क्याम्पस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here