लायन्सको चुनावमा वीरगंज–हेटौंडा–काठमाडौंको साझा उम्मेदवार

2

प्रस, वीरगंज, १९ माघ/

आगामी फागुन ७ गते भरतपुरमा हुने लायन्स क्लबको साधारणसभाको लागि वीरगंज–हेटौंडा–काठमाडौं क्षेत्र अर्थात् लायन्स क्लब अफ नेपाल (३२५ एस) क्षेत्रले साझा उम्मेदवार घोषणा गरेको छ । सन् २०२२–२३ को लागि निर्वाचित हुने पदाधिकारीहरूमा वीरगंज, हेटौंडा र काठमाडौंका लायन्सकर्मीहरूले सहकार्य गरी नयाँ पदाधिकारी निर्वाचित गर्ने रणनीति अनुसार तीनवटै ठाउँका एक/एक जना पदाधिकारीलाई साझा उम्मेदवारको रूपमा अघि सारेका छन् ।

वीरगंजमा सम्पन्न उम्मेदवार घोषणा (फेलोशिप प्रोग्राम)मार्फत उम्मेदवारी घोषणा गरी निजहरूको जीवनीको चर्चा गरिएको थियो । लायन्स क्लब अफ नेपाल ३२५ एस डिस्ट्रिक्टको लागि गभर्नरमा काठमाडौंका अमरबहादुर श्रेष्ठ, फस्ट डिस्ट्रिक्ट गभर्नरमा वीरगंजका देवकीनन्दन अग्रवाल र सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरमा हेटौंडाकी ताशी डोल्मालाई संयुक्त उम्मेदवार बनाउने सहमति भएको हो । नेपालमा १५ वटा क्षेत्रमा लायन्सका थुप्रै क्लबमा हजारौं सदस्य छन् । लायन्स क्लबले हरेक वर्ष सदस्य सङ्ख्या बढाउँदै गइरहेको छ ।

लायन्स क्लबले समाज विकासमा टेवा पु¥याइरहेको संयुक्त उम्मेदवार घोषणा कार्यक्रममा वक्ताहरूले बताएका थिए । लायन्स क्लब अफ वीरगंजका एरिया चिफ वासु तिमिल्सिनाको सभापतित्व र देव चौधरीको सहजीकरणमा सम्पन्न कार्यक्रममा सञ्जय खेतान, रमेश अग्रवाल, युके झा, शम्भु नकर्मी, डा आरपी खेतान, आगामी २०२३–२४ का सम्भावित उम्मेदवार विनय बस्नेतलगायतको सहभागिता थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

2 COMMENTS

  1. समाचारमा बीरगंज बाट दुइ उमेदावर भयको कुरा आयन जस्तो लागयो!
    जय लायंस बाद !
    बीरगंज बाट दुइ उमेदावर भनेर समाचार आयको भय समाचारले पूर्णता पाउने थियो की ?

  2. समाचारमा बीरगंज बाट दुइ उमेदावर भयको कुरा आयन जस्तो लागयो!
    जय लायंस बाद !
    बीरगंज बाट दुइ उमेदावर समाचार आयको पूर्ण पूर्ण पाउने की ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here