• विनोद गुप्ता

कोरोना– बेलायतमा माघ ५ गते बुधवार एक लाख आठ हजार सङ्क्रमित भेटिएकै दिन त्यहाँका प्रधानमन्त्रीले ओमिक्रोनको सङ्क्रमणले उच्च बिन्दु पारे गरेको, अस्पतालका बिरामीको चापसमेत सामान्य रहेकोले सङ्क्रमितले आइसोलेशनमा बस्नुपर्नेबाहेक सबै प्रतिबन्ध जनवरी २७ देखि लागू नहुने घोषणा गरेका छन् । साथै सार्वजनिक स्थानमा मास्क लगाउनुपर्ने नियम पनि हटाइएको छ । नेपालमा भने सक्रिय सङ्क्रमितको सङ्ख्या ६० हजार करीब पुगेको छ । बिहीवार अर्थात् माघ ६ गते १२ हजार ३३८ नयाँ सङ्क्रमित थपिएका छन् ।

देशका १४ वटा पालिकाहरू, ५ सयभन्दा बढी सङ्क्रमित भएकोले, रेडजोनमा परेका छन् भने बारा, पर्सामा सङ्क्रमितको सङ्ख्या २ सयभन्दा बढी तर ५ सयभन्दा कम रहेको छ । कोरोनाको पहिलो लहरबाट नै मास्कको प्रयोगमा अत्यधिक जोड दिइँदै आएकोमा पहिले र अहिले पनि यसबारे यसपटक पनि केही जानकारी दिनु उपयुक्त ठानेको छु । अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण गर्ने केन्द्रले एन–९५ वा वोरियन फिल्टर प्रयोग गरिएको केएफ ९४ मास्कहरू ०३ माइक्रोनसम्मको ९५ प्रतिशत हावामा रहेका कणहरूलाई मात्र रोक्न सक्ने र त्यसमा पनि भहजबगकत खबखिभ का मास्कहरू भाइरस रोक्न सक्षम नहुने भएकाले सङ्क्रमित क्षेत्र वा भीडभाडयुक्त क्षेत्रमा जाँदा ल्क्ष्इक्ज् ९ल्बतष्यलब िक्ष्लकतष्तगतभ ायच इअअगउबतष्यलब िक्बाभतथ ७ ज्भबतिज० बाट प्रमाणित मास्क वा सर्जिकल मास्कमाथि एक दुई तह थप गरेर प्रयोग गर्न उपयुक्त हुने जनाएको छ । मास्कको अनावश्यक प्रयोगबाट झन् जोखिम बढी हुने सम्भावना छ ।

पर्यटन–सिमरास्थित पाँचतारे होटलका लगानीकर्ताहरूबाट अमलेखगंजमा मिनी सौराहा बनाउने योजना सार्वजनिक भएको पढेर अत्यन्त खुशी लाग्यो । यसबाट त्यस क्षेत्रको पर्यटन गतिविधि बढ्ने आय–आर्जनको स्रोतसमेत थपिने निश्चित छ । तर पर्सा जिल्लामा अब हुलाकी सडक भएर ठोरी सजिलै पुगिने भएको छ र त्यहाँबाट पनि पर्सा आरक्षमा प्रवेश गरेर भाटासम्म पुग्न सकिन्छ । त्यहाँ भने हालसम्म कुनै लगानीकर्ताको ध्यान गएको देखिंदैन । यो क्षेत्रको नारायणी नदी पारी भारतको उत्तरप्रदेश राज्य छ र त्यस क्षेत्रबाट बिहार र उत्तर प्रदेश गरी दोब्बर सङख्यामा भारतीय पर्यटक भिœयाउन सकिन्छ ।

यसका अलावा अमलेखगंजबाट प्रवेश गरेर ठोरी वा ठोरीबाट प्रवेश गरेर अमलेखगंजबाट निस्कने अवलोकन भ्रमणको प्रबन्ध पनि मिलाउन सकिन्छ । बारामा गढीमाई र सिम्रौनगढलाई क्रमशः विकसित गरिंदैछ तर पर्सा जिल्लाको ख्यातिप्राप्त महुवनस्थित पारसनाथ मन्दिरको व्यवस्थापनतर्फ कसैको ध्यान गएको देखिंदैन । ५००–१००० बिघासम्म आफ्नै जग्गा रहेको यो मठको अधोगति र हाम्रो दृष्टिकोण हेरेर लाज लाग्छ । ऐतिहासिक दृष्टिले हेर्दा पर्सा जिल्लामा पर्सागढी अवस्थित छ, जहाँ अङ्ग्रेजहरूले हार बेहोर्नुपरेको थियो । यो स्थलको विकास अपेक्षितरूपमा हुन सकेको छैन । पुराना गढीहरूको संरक्षण गर्ने नेपाली सेनाको योजनामा यो किन पर्न सकेन थाहा छैन । पर्साको यो ऐतिहासिक महŒव बोकेको स्थानको सट्टा जीतपुरमा बनाउन लागिएको शहीद स्मारक हेर्दा बनाउने बेलामा गरिएका ठूल्ठूला कुरा जम्मै हावा जस्तो लाग्छ । सबभन्दा पहिले त क्षेत्रफल नै पर्याप्त देखिंदैन । निर्माण कार्य हाल बन्द छ र भएको निर्माणले कतैबाट भव्यताको अनुभूति गराउँदैन ।

त्यस्तै कलात्मकताले भरिपूर्ण हजारीमल धर्मशाला तोडेर भत्काइयो, काङ्ग्रेसले आन्दोलन पनि ग¥यो तर कुल अवस्था अहिले तैं चुप–मैं चुपको छ । त्यसको के भयो, स्वामित्व कसलाई बुझाइयो भन्नेबारे चौथो अङ्ग पनि केही बोल्दैन । त्यस्तै माइधिया पोखरीको पनि संरक्षण पर्खाइमंै छ भने छपकैया पोखरी निजी सम्पत्तिमा परिणत भएर नगरपालिकाले रोक लगाएकोमा सोसमेत ओझेलमा परिसकेको छ । प्रमोद विक्रम शाहले आदर्शनगर रङ्गशालामा समेत हकदाबी गरेका थिए, हामी सबैले मिलेर त्यो पनि सुम्पिदिए सुनमा सुगन्ध हुने थियो ।

सामाजिक क्षेत्र– साहित्य क्षेत्रमा अगाडि नभए पनि चर्चामा रहने गरेका हामी अहिले सुस्ताइमा परेझैं लाग्छ । साहित्य प्रभात काव्ययात्राको रूपमा भए पनि जीवन्त देखिने गरेको थियो । तर त्यतिले नै पुग्छजस्तो लाग्दैन । संस्कृतिको नाममा आधुनिक डान्स एकेडेमीहरू खुलेका छन् भने राष्ट्रिय र स्थानीय गीत, सङ्गीत र नृत्यको जगेर्ना विद्यालयहरूको सांस्कृतिक कार्यक्रममा मात्र देख्न पाइन्छ । एकताको नाममा प्रजातन्त्र बहालीपछि जातीय एकता ह्वात्तै बढेको छ । धर्मशालासमेत जातिगत आधारमा बन्न थालेका छन् । खेलकूदलाई त निजी विद्यालय र कलेजहरूले नजोगाइदिए हामीले समेत नाम बिर्सने अवस्थामा आइसक्ने थियो ।

महेन्द्र गोल्डकप त कथै भयो । शहीद तेजबहादुर अमात्य गोल्डकपड पनि ओझेलमा प¥यो । किन र कसरी हाम्रो चासोको विषय बन्न सकेन ? पुरानो वीरगंजले सुवर्ण, कञ्चन, विरमा, जगदीश, लथु, रूपाल र अमरजस्ता राष्ट्रिय स्तरको फूटबल खेलाडी जन्माएकै हो । त्यस्तै ब्याडमिन्टन, भलिबलमा कर्मजी दादा, रामचन्द्र गुप्तालगायत थुप्रैले चर्चा पाएकै हुन् । तर आज हामी कहाँ छौं ? हो क्रिकेट कुनै न कुनै रूपमा बाँचेको देखिन्छ । न एउटा गतिलो पार्क छ न चिल्डे«न पार्क, म्युजियम न तारामण्डल, न पर्याप्त सार्वजनिक शौचालय, न व्यवस्थित बजार, न पशु वधशाला । तर हामी महानगरपालिकाका निवासी भएका छौं । यो कस्तो महानगर हो ?

अन्त्यमा राजनीति– नेपालको पहिलो आम निर्वाचन स्व. दोलेन्द्रबहादुर अमात्य र स्व. तेजबहादुर अमात्यमध्ये कसले टिकट पाउने भन्ने खिचलो सुल्झाउन सुवर्ण शम्शेरलाई टिकट दिएर बिग्रेको वीरगंजको राजनीतिको प्रभाव काङ्ग्रेस मात्रै होइन आजसम्म सबै दलमा कायम छ । निर्वाचित भएपछि सुवर्ण शम्शेर उपप्रधानमन्त्री भए भने कृष्णप्रसाद भट्टराई निर्वाचित भएर प्रधानमन्त्री । त्यसबाहेक पञ्चायतदेखि अहिलेसम्म पर्साबाट केन्द्रमा पुगेकामध्ये उदीयमान भएर हराएका सुरेन्द्र चौधरी र राजीव पराजुलीबाहेक अन्यको नाम सम्झनामा आउँदैन । बाराबाट फर्मुल्लाह मन्सुर र रौतहटबाट स्व. शेख इदरीशमात्रै त्यस स्थानमा पुगेको देखिन्छ ।

यस सम्बन्धमा मेरो मनमा दुईवटा विचार आउँछ, पहिलो– माथिल्लो तहमा पुग्न मान्छे कि अत्यन्त प्रतिभावान् हुनुप¥यो कि अत्यन्त ठूलो चाकरीबाज । यस अर्थमा हाम्रा नेताहरूमा दुवैमध्ये कुनै पनि गुण छैनजस्तो देखिन्छ । दोस्रो विचार महाभारतको प्रसङ्गसँग जोडिएको
छ । अवैध सन्तानका रूपमा जन्मिएका कर्णजस्तै हामी वीर छौं, आन्दोलन गर्छौं तर युद्ध समाप्तिको बेला अर्जुनहरूले छलकपटले हाम्रो वध गरिदिन्छन् किन भने हामी युद्ध अधर्मी दुर्योधनको पक्षबाट लडिरहेका हुन्छौं । दुइटै विचारको बीच अलमलिएर म कुनै निष्कर्षमा पुग्न सकिरहेको छैन । तसर्थ विज्ञ पाठकहरूको सहयोगको अपेक्षा राख्दै बिदा हुन्छु । धन्यवाद !

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here