पार्ट टु पनि रोचक लाग्यो

२८ गते प्रतीकमा विनोद गुप्ताको लेख ‘हवाई एमसिसी वा वाई एमसिसी २’ पढें। पार्ट १ मा लेखकले एमसिसीको खुलेर समर्थन गरेको थिएनन्। तर यस पार्टमा एमसिसीको खुलेर समर्थन मात्र होइन, अपितु भीम रावललाई मौन रहने वा चीनसँग त्यस्तै काम गराएर देखाउने चुनौतीसमेत दिएका छन्।

भीम रावलजस्ता नेतालाई भारत र अमेरिकाले कुनै महत्व नदिंदा बहुलाउँछन्। तर भारत र अमेरिका व्यक्तिको राम्रो अध्ययन गरेर मात्र आफ्नो विश्वास गर्छन्। ओलीजस्ता व्यक्ति परालको आगोजस्तो बल्ने र निभ्ने हुन्छ। भारत र अमेरिकासँग आगो निभाउने ठूलो फायर ब्रिगेड छ। भीम रावलजस्ता किनारामा जलिरहे पनि कुनै असर नपर्ने हुनाले वास्ता गर्दैनन्। निभाउन आवश्यक नै छैन। कृत्रिम सूर्य  बनाइसकेको चीनलाई न विद्युत्को जरूरत छ, न पानीकै। सित्तैमा गरी दिने उसको नीति पनि होइन। बनियाँ–बेपारीमा सित्तै बाँड्ने प्रवृत्ति नै हुँदैन। बनियाँको छाती ५६ इन्चको हुँदै हुँदैन। घर न घाटका एक त के, सय भीम रावलले पनि चीन सित सित्तै केही लिन सक्दैनन्। अतः लेखकको पहिलो सुझाव अथवा चुप रहनु नै भीम रावलको लागि उपयुक्त देखिन्छ। समस्या के भने स्याल खाएपछि नकराई रहन सक्दैन।

डा.शिवशङ्कर यादव, छपकैया, वीरगंज

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्