सारथि लघुवित्त सहकारीमा करोडौंको घोटाला

प्रस, पंचगावाँ, १८ पुस/ नयाँ सारथि लघुवित्त सहकारी संस्था लिमिटेडको पर्सागढी नगरपालिका–३ बडनिहारस्थित शाखामा करोडौंको घोटाला भएको तथ्य सार्वजनिक भएको छ । शाखा घाटामा रहेको तथ्य बाहिरिएपछि प्रधान कार्यालयले सोसम्बन्धी अनुसन्धान शुरू गर्दा करोडौंको घोटाला भएको तथ्य बाहिरिएको हो । शाखामा रहेका चार सयजना सदस्यमध्ये ३०८ जना सदस्यको नाममा फर्जी ऋण प्रवाह भएको र सोमा […]

धनुषामा गोली चल्यो, सातजना घाइते

प्रस, जनकपुरधाम, १८ पुस/ जनमत पार्टीको प्रदर्शनमा आइतवार बिहान प्रहरीले गोली चलाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडकजाम गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारीलाई तितरबितर पार्न र सडक सुचारु गराउनका लागि प्रहरीले ११ राउन्ड रबरको गोली र १६ राउन्ड अश्रुग्याँस प्रहार गरिएको कुरा जिल्ला प्रहरी कार्यालय, […]

बाढी र मुद्दा गौर नपाको विकासमा बाधक –नगरप्रमुख गुप्ता

नितेश कर्ण, वीरगंज, १८ पुस/ गौर नगरपालिकाका नगरप्रमुख अजयकुमार गुप्ताले बाढी र मुद्दाका कारण गौर नगरपालिकाको विकास हुन नसकेको बताएका छन् । प्रतीकसँगको कुराकानीमा नगरप्रमुख गुप्ताले रौतहट जिल्लाको असी प्रतिशत भूभाग डुबानमा पर्दै आएको र सबैभन्दा बढी गौर नगरपालिका क्षेत्र डुबानमा पर्ने गरेको बताए । उनले पूर्वाधार निर्माणमा गरिएको लगानीको उपलब्धि बाढीको कारण पनि नदेखिएको […]

दुर्घटनामा तीनजनाको मृत्यु

प्रस, रक्सौल, १८ पुस/ रक्सौल–भेलाही सडकखण्ड अन्तर्गत जोकियारी रेलवे ढालानजीक रहेको साइफनमा खसेर तीनजनाको मृत्यु भएको छ । अङ्ग्रेजी नयाँ वर्षका दिन भेलाहीबाट रक्सौलतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार तीनजनाको साइफनमा खस्दा मृत्यु भएको हो । उक्त सडकखण्ड अन्तर्गत रहेको सो साइफनमा पर्खाल नरहेको र बाटोको ज्ञान नहुँदा अबेर राति आउने क्रममा उनीहरूको दुर्घटनामा ज्यान गएको […]

पिकनिकको रकम वृद्धाश्रममा

प्रस, ठोरी, १८ पुस/ अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ठोरी गाउँपालिका–४ मानेचोकका युवाहरूले यसपटक पिकनिक नगरी स्थानीय वृद्धाश्रम र असहाय कल्याण समाजका आश्रितहरूलाई खाद्यान्न सहयोग गरेका छन् । यसअघि पिकनिक आयोजना गरेर नयाँ वर्षको स्वागत गर्दै आएकोमा यस वर्ष पिकनिकको खर्च वृद्धवृद्धा र असहायहरूमा खर्च गरेको मानेचोकका युवा विकाश दोङले बताए । असहाय समाज […]

मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

काठमाडौं, १८ पुस/रासस शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिताको साबिक विजेता मछिन्द्र फूटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबलको शीर्ष स्थानमा उक्लिएसँगै मछिन्द्रले सो छनोट खेल्ने पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई […]

‘अब हामी हिंसाबाट जोगिन सक्छौं’

प्रस, निजगढ, १८ पुस/ अब हामी सहजै बलात्कार, हिंसा जस्ता दुव्र्यवहार र जघन्य घटनाबाट सहजै जोगिन सक्छौं । एकजना १४–१५ वर्षकी किशोरीले मञ्चमा भनिन् । उनी जस्तै करीब ४१ जना किशोरीले पनि पालैपालो उनको भनाइमा सहमति जनाए । उनको भनाइ झट्ट सुन्दा ख्यालख्याल र भनाइमा मात्र सीमित हो कि भन्ने सुन्नेहरूलाई लाग्नु अस्वाभाविक भने थिएन […]

रूसद्वारा सन् २०२१ मा १० भन्दा बढी रकेट परीक्षण फायरिङ

मस्को, १८ पुस/एएनआई/स्पुतनिक रूसको प्यासिफिक फ्लीटले गत वर्ष १० भन्दा बढी रकेट परीक्षण फायरिङ गरेको रूसी पूर्वी सैन्य कार्यालयले जानकारी दिएको छ । प्रवक्ताका अनुसार सन् २०२१ मा प्यासिफिक फ्लीटमा जहाज संरचनाहरूद्वारा १० भन्दा बढी रकेट फायरिङ गरिएको थियो । परीक्षण फायरिङहरूमा रूसको आधुनिक फ्रिगेट मार्शल शापोस्निकोभद्वारा गरिएका दुई अभ्याससमेत समावेश थिए । गत अप्रिलमा […]

उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी नौजनाको मृत्यु

डालियान, १८ पुस/सिन्ह्वा उत्तरपूर्वी चीनको डालियान शहरको एक बजारमुनिको भूमिगत क्षेत्रमा शुक्रवार भएको आगलागीमा परी नौजनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । उक्त दुर्घटना शुक्रवार बिहान ११ः११ मा भएको थियो र दिउँसो १ः०० बजे आगो निभाइएको थियो। आगो निभाउने क्रममा नौजना पीडितमध्ये एकजना अग्निनियन्त्रकको मृत्यु भएको थियो । पाँचजना सामान्य घाइते भएका छन् र […]