वन कर्मचारीकै संलग्नतामा काठ तस्करी

0

बलिराम शुक्ला, बिरुवागुठी, २० मङ्सिर/

सबैया र विन्ध्यवासिनी कोइलाभार साझेदारी वन क्षेत्रबाट रातिको समयमा काठ तस्करीमा वृद्धि भएको छ । वन कर्मचारी, साझेदारीका कर्मचारी र प्रहरीको मिलेमतोमा व्यापकरूपमा काठ तस्करी भइरहेको छ ।

काठ तस्करहरूले वन, साझेदारी र स्थानीय प्रहरी चौकीलाई आर्थिक प्रलोभनमा पारी राति काठ तस्करी गरी नजीकैको फर्निचर उद्योगहरूमा बिक्री गर्ने गरेको पाइएको छ । तस्करहरूले राष्ट्रिय वनबाट काँचो सालको रूख काटी गोलिया बनाइ भेडाहा, परशुरामपुर, पारसपटेलचोक, बडनिहार, पकडिया, गुलेरिया, सखुनिया, बागवाना, मनवा हुँदै फर्निचर उद्योगहरूमा पु¥याउने गर्छन् ।

तस्करहरूले सबडिभिजन वन कार्यालय सबैया, बडनिहार, साझेदारी वन सबैया, प्रहरी चौकी मिलनचोक, बडनिहार, मनवालाई आर्थिक प्रलोभनमा पारी राष्ट्रिय वनको व्यापकरूपमा फँडानी गरिरहेका छन् ।

सबैया साझेदारी वन व्यवस्थापन समितिका संयोजक लखनलाल साहका अनुसार वनको खुला नाका भएको कारण तस्करहरूले काठ तस्करी गरिरहेको बताए । उनले यस कार्यमा केही बदमाश कर्मचारीहरूको संलग्नता रहेको र हालै तीनजना कर्मचारीलाई यस्तो कार्यमा संलग्न देखिएपछि निष्कासित गरिएको बताए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here