क्वीन्टल गाँजासहित एकजना पक्राउ

0

प्रस, रक्सौल, २० मङ्सिर/

भारत–नेपाल सीमामा तैनाथ सशस्त्र प्रहरी बल पन्टोकाले एक क्वीन्टल १७ किलो छ सय ग्राम गाँजासहित एकजना नेपालीलाई पक्राउ गरेको छ ।

गाँजासहित जीतपुर परसवा निवासी १९ वर्षीय विजय कुशवाहालाई पक्राउ गरिएको एसएसबी कमान्डेट प्रियव्रत शर्माले बताए ।

कुशवाहाले नेपाली नम्बरको पिकअप गाडीमा फल्स बटन बनाइ गाँजा लुकाएर लैजाने क्रममा तुमडियाटोलाबाट एसएसबीको टोलीले पक्राउ गरेको कमान्डेट शर्माले जानकारी दिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here