ग्रासरूट फूटबल ः बकुलिया र न्यू एकता विजयी

0

प्रस, जीतपुर, २१ मङ्सिर/

सिमरामा जारी अन्तरविद्यालय ग्रासरूट फूटबल प्रतियोगिता अन्तर्गत सोमवार दुईवटा खेल सम्पन्न भए । आज भएका खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बकुलिया र न्यू एकता बोर्डिङ स्कूल, सिमरा विजयी भए ।

पहिलो खेलमा नेरामावि, बकुलियाले नेरामावि, फत्तेपुरलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित ग¥यो । बकुलियाका अतुल्लाह मियाँ र अजित विश्व थारूले १/१ गोल गरेका थिए । सो खेलको ‘म्यान अफ दी म्याच’ चौधरी घोषित भए ।

पहिलो खेलमा पराजित फत्तेपुरले बकुलियाविरुद्ध विद्यालयस्तरभन्दा माथिका खेलाडी सहभागी गराएको भनेर उजूरी गरेको छ । यसबारेमा निर्णय गरी सार्वजनिक गरिने खेल संयोजक सोनु क्षेत्रीले बताए ।

दोस्रो खेलमा पनि न्यू एकताले शुभतारा बोर्डिङ स्कूललाई शून्यका विरुद्ध दुई गोलअन्तरले नै पराजित ग¥यो । न्यू एकताको जीतमा सुजन खत्रीले दुई गोल गरेका थिए । सो खेलको ‘म्यान अफ दी म्याच’ भने कौशुक श्रेष्ठ घोषित भए ।

भोलि मङ्गलवार पनि दुईवटा खेल हुनेछ । पहिलो खेल मिसन एकेडेमी र एक्स सर्भिसम्यान तथा दोस्रो खेल जनता माध्यमिक विद्यालय, रजघट्टा र लोटस एकेडेमीबीच हुने आयोजक कमिटीले जनाएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here