राष्ट्रिय कराँते प्रतियोगितामा वीरगंजकी निकिता प्रथम

0

प्रस, परवानीपुर, २० मङ्सिर/

वीरगंजकी कराँते खेलाडी निकिता आलेमगर राष्ट्रिय कराँते प्रतियोगितामा प्रथम भएकी छन् ।
माउन्ट एभरेस्ट क्लब, माईस्थान, वीरगंजमा आबद्ध कराँते खेलाडी निकिताले काभ्रेको बनेपामा भएको महिला खुला तौल समूहमा ३२ जना खेलाडीलाई पराजित गर्दै प्रथम भएकी प्रशिक्षक रविकुमार गुप्ताले बताए ।

नाला इन्टरनेशनल क्यूकोसिन कराँते डोजाड्ढो आयोजनामा मङ्सिर १७–१८ गते भएको प्रतियोगितामा देशभरिका विभिन्न तौल समूहका करीब ३५० जना महिला कराँते खेलाडी सहभागी थिए ।

निकिताको प्रदर्शनबाट वीरगंजका कराँते खेलाडीमा खुशी थपिएको माउन्ट एभरेस्ट क्लब, वीरगंजका अध्यक्ष तथा प्रशिक्षक गुप्ताले बताए । प्रथम स्थान ल्याएकी निकितालाई पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here