बालविवाह, दाइजो रोक्न धर्मगुरुसँग अन्तक्रिया

0

प्रस, पंचगावाँ, २० मङ्सिर/

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत सोमवार पोखरिया नगरपालिकाको सभाहलमा बालविवाह तथा दाइजोप्रथा अन्त्यसम्बन्धी धर्मगुरु तथा सरोकारवालासँग अन्तक्रिया गरिएको छ ।

दिव्य युवा क्लब पर्साद्वारा आयोजित अन्तत्र्रिmयाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख नगरप्रमुख दीपनारायण रौनियारले बालविवाह, दाइजोप्रथा समाजबाट कम नभएको र अझ तीव्र भएको बताए । उनले सामाजिक विकृतिविरुद्धको अभियानमा सबैको सहकार्य भएको खण्डमा मात्र नियन्त्रण हुने बताए । उनले बालविवाह नियन्त्रणका लागि अभिभावकहरूको भूमिका महŒवपूर्ण भएको तर उनीहरूको सहभागिता नरहँदा विकृति फस्टाइरहेको बताए ।

अन्तक्र्रियामा सहभागीहरूले वैवाहिक कार्यक्रम तय गर्दा जन्मदर्ता हेरेर मात्र काम गर्न सुझाएका थिए । जन्मदर्ता नहेरी वैवाहिक कार्यक्रमको मिति तय गर्दा बालविवाहले प्रश्रय पाएको उनीहरूको भनाइ थियो । बालविवाह गर्दा हुने शारीरिक समस्याबारे सबै पक्ष अवगत भएपनि यस्तो कार्य नरोकिएको उनीहरूले बताए । बालविवाहकै कारण दाइजोप्रथाले प्रश्रय पाएको र आत्महत्याको सङ्ख्या बढ्दै गएको भन्दै यस्ता कार्य रोक्न सबैले सहकार्य गर्नुपर्ने सुझाव दिएका थिए ।

क्लबका अध्यक्ष देवनाथ ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका अधिकृत विनयकुमार झा, क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेल, पत्रकार प्रमोद यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here