रक्सौलमा विश्व हिन्दु परिषद्को प्रदर्शन

0

प्रस, रक्सौल, २० मङ्सिर/

विश्व हिन्दू परिषद् तथा बजरङ्ग दलको संयुक्त आयोजनामा रक्सौलमा सोमवार विरोध प्रदर्शन भएको छ । रक्सौल निवासी १३ वर्षीया नाबालिका अक्टुबर २४ तारिखमा बेपत्ता भएको र सो सन्दर्भमा प्रहरी प्रशासनले खोजतलाश गर्ने कार्यमा नसघाएको तथा पीडितका अभिभावकलाई तर्साउने काम भएको भन्दै विरोध प्रदर्शन गरिएको थियो ।

विश्व हिन्दू परिषद् र बजरङ्ग दलको आयोजनामा अखिल भारतीय परिषद्, विश्व हिन्दू परिषद्, स्वच्छ रक्सौल, सीमा जागरण मञ्च, धर्म जागरण मञ्च, भारत विकास परिषद्, विद्याभारती, भाजपा, जदयुलगायतको सहभागितामा हिजो आइतवार अनुमण्डल पदाधिकारी र अनुमण्डल पुलिसलाई ज्ञापनपत्र बुझाइएको थियो ।

ज्ञापनपत्र बुझाएको भोलिपल्ट आज रक्सौलमा प्रदर्शन गरिएको हो । नियोजित तरीकाबाट बालिकाहरूको अपहरण भइरहेको र उनीहरूलाई गलत काममा लगाउन एउटा गिरोह सक्रिय भएको भन्दै यस्ता कार्यलाई निस्तेज गर्न दबाबस्वरूप प्रदर्शन गरिएको बताइएको छ ।

नेपालसमेत रक्सौलबाट मासिक दुई सयभन्दा बढी नाबालिकालाई प्रेमजालमा फसाएर अपहरण गर्ने गरिएको र गलत काममा संलग्न गराउने काम भइरहेको भन्दै यसतर्फ स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here