कटहरिया नपाद्वारा छात्रालाई साइकल वितरण

0

प्रस, गरुडा, २० मङ्सिर/

रौतहटको कटहरिया नगरपालिकाले आफ्नै स्रोतमा छात्राहरूलाई साइकल वितरण गरेको छ । कटहरिया नगरपालिकामा रहेका पFँचवटा माध्यमिक विद्यालयका छात्राहरूलाई सोमवार साइकल वितरण गरिएको हो ।

कटहरियाको भसेढवा, कटहरिया र बगही गाउँको माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबै छात्रालाई साइकल प्रदान गरिएको छ ।

यसैगरी, बलिरामपुर र जमुनिया गाउँमा यसै शैक्षिक सत्रदेखि मावि घोषित विद्यालयको कक्षा ९ मा अध्ययनरत सबै छात्रालाई साइकल प्रदान गरिएको शिक्षा शाखा प्रमुख अनिलकुमार निधिले बताए । उनले सोमवार नगरपालिकाका २३२ छात्रालाई साइकल प्रदान गरिएको जानकारी गराएको छ ।

माध्यमिक तहका सबै विद्यालयमा पुगेर नगरप्रमुख तथा प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखसमेतको टोलीले अभिभावक र शिक्षकहरूको उपस्थितिमा साइकल वितरण गरेको थियो ।
नगरप्रमुख सियाराम कुशवाहाले प्रदेश सरकारले कटहरिया नगरका विद्यालयमा पढ्ने छात्राहरूसित विभेद गरेकोले नगरपालिकाको कोषबाट छात्राको लागि साइकल किनेर वितरण गरेको बताए । उनले आफ्नो नगरमा मुख्यमन्त्रीको बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत साइकल उपलब्ध नगराइएपछि छात्राहरूमा नैराश्यता छाएकाले नगरपालिकामा साइकल वितरण गरिएको बताए । उनले साइकल पाएका छात्राहरूले शैक्षिक क्रियाकलापमा अझ बढी सक्रियता जनाउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा गरीब छात्राहरूलाई पनि साइकल वितरण गर्ने घोषणा गरे ।

कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले नगरपालिकाको स्वास्थ्य क्षेत्रमा पर्याप्त सुधार भएको र अबको समयमा शिक्षामा नगरपालिकाले लगानी बढाउँदै जाने बताएका छन् । छात्रालाई साइकल प्रदान गरेर छात्राको शिक्षामा साइकलले केही गुणस्तर बढाउने विश्वास लिएको बताएका छन् । साइकल पाएपछि छात्राहरूले खुशी प्रकट गरेका थिए ।

अलौं माविमा साइकल वितरण
प्रस, परवानीपुर/

वीरगंज महानगरपालिका–१७ अलौंस्थित द्वारदेवी माविमा ५९ वटा साइकल वितरण गरिएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा नौमा अध्ययनरत ५९ जना छात्रालाई साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक राजकुमार मालीले बताए । प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल वितरण गरिएको हो।

कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, वडाध्यक्ष सुकरानीकुमारी यादव, विद्यालय व्यवस्थापन समितिका पूर्वपदाधिकारी तथा शिक्षकशिक्षिकाहरूको सहभागिता थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here