वित्तीय साक्षरता र डिजिटल बैंकिङसम्बन्धी अन्तक्रिया

0

प्रस, सिम्रौनगढ, २० मङ्सिर/

वित्तीय साक्षरता र डिजिटल बैंकिङसम्बन्धी एक दिने अन्तक्रियाया कार्यक्रम सोमवार ग्लोबल आइएमई बैंक सिम्रौनगढको सभाकक्षमा सम्पन्न भएको छ ।

कार्यक्रममा बैंकका कर्मचारीहरूले बैंकमा भौतिकरूपले उपस्थित हुने व्यवस्था हटाउँदै घरमैं बसेर बैंकका डिजिटल सेवाहरू उपलब्ध गराउने प्रविधिबारे जानकारी गराएका थिए । मोबाइल बैंकिङ, डेबिट/क्रेडिट कार्ड, ई–कम (युएसडी) कार्ड, अनलाइन खाता खोल्ने, ऋण, बचतलगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरूले बैंकमा ग्राहकहरूको भीड बढ्दै गएकाले कर्मचारी थप गर्नुपर्ने, छिटोछरितो सेवा उपलब्ध गराउनुपर्ने गुनासो गरेका थिए । सिम्रौनगढ शाखाका प्रबन्धक किशोर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका केन्द्रीय सञ्चालन विभागका प्रबन्धक कमला ओझा, प्रदेश २ का सहायक व्यवस्थापक नितिन अग्रवाललगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण डिजिटल बैंकिङ सेवाका सौरभ रिजालले गरेका थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here