प्रस, वीरगंज, १७ मङ्सिर/

३०औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा वीरगंज महानगरपालिकाले आशा किरण केन्द्रमा रहेका सुस्त मनस्थिति एवं मस्तिष्क पक्षघातका बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

कार्यक्रमका अध्यक्ष उपप्रमुख शान्ति कार्कीले आशा किरण केन्द्रले गर्दै आएको कामको प्रशंसा गरिन् । उनले हालसम्मको कार्यमा महानगरको सहयोग रहँदै आए पनि आगामी दिनमा आफ्नो व्यक्तिगत र अन्य पालिकाको पनि सहयोग जुटाउने प्रतिबद्धता जाहेर गरिन् ।

संस्थाका महासचिव राजन श्रीवास्तवले आशा किरण केन्द्रले गर्दै आएको र आगामी दिनमा गर्ने गतिविधिबारेमा सहभागीहरूलाई जानकारी गराएका थिए । संस्थाका कोषाध्यक्ष सन्दीप मेहताले केन्द्रमा रहेका बालबालिकाका अभिभावकहरूलाई बेन्चको व्यवस्थापन आफ्नो निजी खर्चबाट गर्नुको साथै पछ्यौरी उपलब्ध गराएका थिए ।

कार्यक्रममा डा अशोक दासलगायतले शुभकामना व्यक्त गरेका थिए भने रजनी बर्मा, सिन्धु कुशवाहालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here