वाशिङ्टन, १७ मङ्सिर/एएफपी

अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङ्क्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् । तर बाइडेनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि परिवर्तन नहुने बताएका छन् ।

न्यूयोर्क राज्यमा पाँचजनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एक/एक जनामा देखिएको छ । अमेरिकामा बुधवार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन् । उक्त भेरियन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ । बिहीवार सार्वजनिक गरिएको विवरण अनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रीले अमेरिका जानुभन्दा २४ घण्टाअघि अनिवार्यरूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागू हुन्छ ।

अमेरिकासहित थुप्रै अन्य देशले आठवटा दक्षिण अफ्रिकी देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । ओमिक्रोन भेरियन्ट देखिएसँगै कोरोना भाइरस फैलिन नदिनका लागि जो बाइडेन नयाँ नियमहरूसहित अमेरिकी जनतासमक्ष देखिएका छन् ।

ओमिक्रोन भेरियन्टको तेस्रो सङ्क्रमण पुष्टि
वाशिङ्टन/एएनआई/स्पुतनिक

संयुक्त राज्य अमेरिकामा ओमिक्रोन कोरोना भाइरस संस्करणको तेस्रो मामिला कोलोराडो राज्यमा पुष्टि भएको छ । गभर्नर जेरेड पोलिसले बिहीवार पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन् ।

केही क्षणअघि कोलोराडोको सार्वजनिक स्वास्थ्य र वातावरण विभागले ओमिक्रोन संस्करणको पहिलो कोलोराडो मामिला पुष्टि ग¥यो । सङ्क्रमित दक्षिणी अफ्रिकाको यात्रा गरी भर्खर फर्किएकी हुन् । उनमा हाल हल्का लक्षणहरू देखिएको छ र घरमा अलग्गै बसेकी छन् । उनले खोप लिएकी थिइन् तर बुस्टर डोज भने लिएकी थिइनन्, गभर्नरले थपे । क्यालिफोर्निया र मिनेसोटामा अहिलेसम्म दुर्ई अन्य मामिला फेला परेका छन् । ती सङ्क्रमित तीनैजनालाई खोप लगाइएको थियो ।

नयाँ ओमिक्रोन संस्करणको बढ्दो त्रासका बीच अमेरिकालगायत विश्वभरका सरकारहरूले पछिल्लो समय यात्रा प्रतिबन्ध र सार्वजनिक स्वास्थ्य उपायहरू बढाएका छन् । राष्ट्रपति जो बाइडेनले बिहीवार जाडो मौसममा कोभिड भाइरस र नयाँ भेरियन्टविरुद्ध लड्न मदत गर्ने उद्देश्यले पाँच बँुदे योजना घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here