छिपहरमाईलाई पराजित गर्दै कालिकामाई फाइनलमा

0

प्रस, पोखरिया, १४ मङ्सिर/

पोखरिया युवा समाजद्वारा पोखरिया नपा–७ तेराखेल मैदानमा जारी टी–२० मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलवार अन्तिम सेमिफाइनल खेल सम्पन्न भएको छ ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा कालिकामाई गाउँपालिकाले छिपहरमाई गाउँपालिकालाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । टस हारी पहिले ब्याटिङ गरेको कालिकामाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१६ रनको योगफल खडा गरेको थियो।

प्रतिउत्तरमा २१७ रनको विजयी लक्ष्य पछ्याउँदै छिपहरमाई गापा १८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १५० रनमा सीमित भएको थियो । आजको खेलकोे ‘म्यान अफ दी म्याच’ कालिकामाईका निपु कुमार घोषित भए । उनले ३ विकेट लिनुका साथै ५२ रन बनाएका थिए ।
प्रतियोगिताको फाइनल खेल शनिवार पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिकाबीच हुने युवा समाजका सदस्य राकेश महतोले बताए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here