प्रस, परवानीपुर, १४ मङ्सिर/

परवानीपुर गाउँपालिकाको सहयोग तथा तथा प्रोफेशनल क्रिएटिभ ट्रेनिङ सेन्टर प्रालिको आयोजनामा परवानीपुर गापा–२ मा सिलाइकटाइ तालीम शुरू भएको छ । महिलाहरूलाई सीप सिकाएर रोजगार उन्मुख बनाउने विश्वासका साथ सो तालीमको आयोजना गरिएको गापा अध्यक्ष्F हरिनारायण साहले बताए ।

तालीममा २० जना महिलालाई एक महीनासम्म सिलाइकटाइबारे तालीम दिने वडाध्यक्ष्F ईश्वरीप्रसाद साहले बताए । वंशीधर गुप्ताको अध्यक्षतामा शुरू भएको तालीममा सहभागीहरूलाई प्रशिक्षिका रिङ्कु देवीले प्रशिक्षण दिने जनाइएको छ ।

कार्यक्रममा कैलाश चौरसिया, अरुण चौरसिया, बिजेन्द्र चौहान, सुरेश साह, अजय कुशवाहा, रामकुमार सोनललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here