पढ्नु आवश्यक छैन

0

विद्यालयमा विषय शिक्षकको अभाव भएर विद्यार्थीहरू विरोध प्रदर्शन गर्न बाध्य हुन्छन् । देशको राष्ट्रिय राजमार्गमा चक्काजाम गर्छन् । प्रहरी आउँछ, अश्रुग्याँस चलाउँछ, त्यतिले स्थिति साम्य हुन नसक्दा लाठी चार्ज गर्छ र दर्जनौं विद्यार्थीहरू घाइते हुन्छन् । यो भर्खरै वीरगंज महानगरपालिका–२१ को नेपाल गीता गजेन्द्रराज जोशी माविको कथा हो । विद्यालयमा आठ सय विद्यार्थी छन् र उनीहरूलाई पढाउने शिक्षक १५ जना मात्र । १५ जना शिक्षकमध्ये कुनै न कुनै चारजना प्रत्येक दिन गैरहाजिर रहन्छन् । हाजिर हुने शिक्षकहरू पनि कक्षामा पढाउनुको साटो मोबाइल चलाएर बस्छन् । उपरीमाथि थुपरी भनेजस्तै यीमध्ये अङ्ग्रेजी र विज्ञान पढाउने शिक्ष्Fक छैनन् । विद्यार्थीहरूले आक्रोश व्यक्त नगरे के गरून् ? यस घटनाको अर्को पाटो हो प्रहरी । प्रहरीको काम शान्ति–सुरक्षा दिनु, बन्द–जामजस्ता नकारात्मक कामलाई हतोत्साहित गर्नु हो । एउटा विद्यालयको समस्या राजमार्गमा तेस्र्याएर राष्ट्रिय आपूर्तिमा विघ्न उत्पन्न गर्दा, आवागमन बाधित पारिरहँदा प्रहरी मुक दर्शक बन्न सक्दैन । जुन उपायले पनि जाम हटाउने प्रयत्न गर्छ । र जुन उपाय भनेपछि हामीकहाँ शक्ति प्रदर्शन मात्र हो । विद्यार्थीहरू ठूलो जमातमा थिए, चक्काजाम गरे, प्रहरीसँग लाठो थियो, बजा¥यो । तर यस दुरभिसन्धिको पछाडि जुन शक्तिले काम गरिरहेको छ, त्यो भने चोखिएर बसेको छ ।

गीता गजेन्द्रराज जोशी विद्यालय मात्र होइन, यो देशका प्रायः विद्यालयहरूको कथा–व्यथा हो । सरकारले विद्यालयहरूको जिम्मा पालिकाहरूलाई दिएर अधिकार हस्तान्तरण त ग¥यो, तर शिक्षक भर्ना गर्ने अधिकार आफूसँग राख्यो । पालिकाहरू जति छटपटिए पनि, आफू अन्तर्गतको विद्यालयमा कुनै परिवर्तन गर्न पाउँदैनन्, शिक्षक भर्ना गर्न पाउँदैनन् । सरकारले सबै विद्यालयहरूमा पुगिसरी आउने शिक्षक दरबन्दी दिएको पनि छैन । आजका शिक्षकहरूलाई ‘हेलमेट शिक्षक’ भनिन्छ । उनीहरू नियमविपरीत विभिन्न ठाउँमा अध्यापन गराउँछन् । उनीहरूको अध्यापनभन्दा पैसा कमाउने अभीष्ट ठूलो छ । यसरी विद्यार्थीहरूले क्षति बेहोर्नुपरेको छ भने पालिकाहरू निरूपाय छन् । सरकारलाई यी कुरासँग कुनै वास्ता छैन । भोलिका दिनमा ‘महामहिम प्रचण्ड’ले चाहेजस्तो शिक्षकहरूले राजनीति गर्न पाउने सुविधा पाए भने कसले विद्यालयमा पढाउने ? सरकार चलाउनेहरूको यस्तै रुग्ण मानसिकताले नेपालको शिक्षा दिन प्रतिदिन ओरालो लागिरहेको छ । विद्यार्थीहरूलाई शिक्षार्थी होइन, विरोध गर्ने संस्कार सिकाइँदै छ ।

देशमा अनुकूल राजनीतिक परिवर्तन त भएको छ । स्थानीय शिक्ष्Fाका लागि पालिकाहरूलाई अधिकार दिइएको पनि छ । तर शिक्षालाई गति दिने अधिकारमा बन्देज लगाइएको छ । उनीहरूले आवश्यक दरबन्दी कायम गर्न सक्दैनन् । सरकार गर भन्छ तर गर्ने वातावरण दिंदैन। देशमा गणतन्त्र–लोकतन्त्रलाई मजाकको विषय बनाइँदै छ । उत्तम संविधान भएर के गर्नु, संविधान क्रियान्वयनमा सरकार नै विचलित छ । संविधान अनुसार चल्यो भने व्यक्तिको महिमा खस्कन्छ । आफ्नो महिमा खस्काएर किन जनता, विद्यार्थीको भलो सोच्ने ? यस मनोरोगले हाम्रा राजनीतिज्ञहरूलाई गाँजिरहेसम्म देश उँभो लाग्ने अवस्था नै रहँदैन । सरकारले लगानी गरे अनुसार त्यसको प्रतिफल प्राप्त हुँदैन भने किन र कसरी लक्ष्य प्राप्त भइरहेको छैन भनेर सोच्नुपर्ने हो । तर सोच्ने फुर्सत कसलाई छ ?

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here