प्रस, वीरगंज, १३ मङ्सिर/

नेपाल क्षयरोग निवारण संस्था, बाराको आयोजनामा सोमवार ६८औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा विद्यार्थीहरूसँग अन्तक्र्रिया गरेको छ।

कलैयास्थित मनकामना माविको सभाहलमा आयोजित कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था, बाराका प्रमुख  सुरेश मोदकले विद्यार्थीहरूलाई नेपालमा क्षयरोग निवारण संस्था विसं २०१० सालमा गठन भएको र सोही दिनको सम्झनामा प्रत्येक वर्ष यो रोगविरुद्ध सचेतना कार्यक्रम आयोजना गर्दै आएको बताए। उनले बारामा हाल ३५० जना क्षयरोगी रहेको र उनीहरूलाई डट्स विधिद्वारा निश्शुल्क औषधि उपलब्ध गराउँदै आएको बताए। उनले क्षयरोग सरुवा रोग भएको र यसको नियन्त्रणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए। कार्यक्रमका प्रमुख अतिथि विद्यालयका निर्देशक रामबाबू कुशवाहाले सामाजिक सेवाका काममा सबैको सहयोग, सहकार्य आवश्यक हुने बताए। कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था, बाराको उपाध्यक्ष शङ्कर भट्टराई, सचिव भरत साह, सदस्य पहवारी महतो, राजकुमार साहलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here