संसारभरिका वैज्ञानिकले कोरोना भाइरस रोकथामको लागि केही खोप बनाएका छन्, जसले हाम्रो शरीरमा रोग प्रतिरोधक क्षमता बढाएर कोभिड–१९ बाट सुरक्षा दिन्छ तर कोरोना (सार्स कोभ–२) भाइरसले लगातार आफ्नो रूप बदलिंदैछ। कोरोनाको नयाँ भेरियन्ट (बि.१.१.५२९)लाई ओमिक्रोन नाम दिइएको छ। यस भेरियन्टको पहिचान दक्षिण अफ्रिकामा गरिएको थियो। इजरायल, बोत्सवाना र हड्ढङलगायत धेरै देशमा यसको मामिला देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई चिन्ताजनक भनेको छ। आइतवार विश्व स्वास्थ्य सङ्गठनले यस भाइरसबारे नयाँ जानकारी दिएको छ।

डब्लुएचओको अनुसार प्रारम्भिक साक्ष्यबाट पत्ता लाग्छ, जो पहिले नै कोरोना भाइरसको कुनै पनि भेरियन्टबाट सङ्क्रमित भएका थिए भने उनीहरूमा ओमिक्रोन सङ्क्रमण हुने खतरा बढी छ। कोरोनाबाट निको भइसकेका व्यक्तिहरू पनि सजिलै ओमिक्रोनबाट सङ्क्रमित हुन सक्छन्। तसर्थ यदि तपाईं कोरोना सङ्क्रमित हुनुभएको थियो भने ओमिक्रोनबाट निकै सावधान भएर बस्नुपर्छ।

डब्लुएचओको भनाइ छ, अहिलेसम्म यो स्पष्ट छैन कि ओमिक्रोन पहिलेको भेरियन्ट (डेल्टा, अल्फा आदि)भन्दा बढी सङ्क्रामक छ वा छैन। यानी अहिलेसम्म स्पष्टरूपले यो भन्न सकिंदैन कि यसले मानिसलाई तीव्र गतिले सङ्क्रमित गर्छ तर यो कुरालाई अस्वीकार पनि गर्न सकिंदैन। आरटिपिसिआरबाट यस भाइरसको स्टे«न पहिचान गर्न सकिन्छ।

विश्व स्वास्थ्य सङ्गठनले आफ्ना प्राविधिक भागीदारसँग मिलेर यो बुझ्ने कोशिश गर्दैछ कि यस भेरियन्ट ओमिक्रोनमाथि खोपले असर गर्न सक्छ। यानी अहिलेसम्म यो पनि स्पष्टरूपले भन्न सकिंदैन कि जुन खोप हामीले कोरोनाविरुद्ध लगाएका थियौं, त्यसले यस स्टे«नविरुद्ध सुरक्षा दिन्छ वा दिंदैन।

यो पनि अस्पष्ट छ, ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित व्यक्तिको स्थिति कति गम्भीर हुन सक्छ। यसको लक्षण अन्य कोरोना भाइरसको लक्षणभन्दा अलग छ कि मिल्दोजुल्दो छ, त्यो पनि स्पष्ट भएको छैन।

प्रारम्भिक तथ्याङ्क अनुसार दक्षिण अफ्रिकाको अस्पतालमा रोगीको सङ्ख्या बढ्छ तर यो कोरोना सङ्क्रमणको कारण रोगीको कुल सङ्ख्यामा वृद्धि भएको पनि हुन सक्छ। सम्भव छ कि दक्षिण अफ्रिकामा रोगीको बढ्दो सङ्ख्याको पछाडि ओमिक्रोन भेरियन्ट नै हुन सक्छ। दक्षिण अफ्रिकाका युवाहरूमा भेटिरहेको सङ्क्रमणको मामिलामा निकै हलुका लक्षण देखिंदैछ तर ओमिक्रोन सङ्क्रमणको गम्भीरतालाई बुझ्न केही साता समय लाग्न सक्छ।

दक्षिण अफ्रिकामा सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनोभेशनका निर्देशक प्राध्यापक टुलियो डी ओलिवेराका अनुसार ओमिक्रोन अन्य भेरियन्टभन्दा ‘निकै अलग’ र यसमा ‘म्युटेशनको असामान्य समूह’ देखिएको छ। उनका अनुसार यसमा कुल मिलाएर ५० म्युटेशन भएको छ र ३० भन्दा बढी स्पाइक प्रोटीनमा भएको छ। भाइरस हाम्रो शरीरको कोशिकासँग सम्पर्क बनाउने भागको कुरा गर्दा यसमा १० म्युटेशन भएको छ, जबकि दुनियाँभरि तबाही मचाउने डेल्टा भेरियन्टमा दुई म्युटेशन भएको थियो। 

बिबिसीको स्वास्थ्य एवं विज्ञान संवाददाता जेम्स गैलाघरको विश्लेषणः सबै म्युटेशनको अर्थ यो हुँदैन कि त्यो नराम्रो हुन्छ तर यो हेर्न जरुरी पनि छ कि यसमा के के म्युटेशन भएको छ। तर चिन्ताको कुरा यो छ कि भाइरस चीनको वुहानमा भेटिएको मूल भाइरसभन्दा मौलिकरूपले अलग छ। यसको मतलब यो हो कि त्यस मूल भाइरसलाई ध्यानमा राखेर बनाइएको खोप यस भेरियन्टमाथि अप्रभावकारी हुन सक्छ।

अन्य भेरियन्टमा पनि केही म्युटेशन देखिएका छन्, जसबाट यस भेरियन्टमा त्यसको भूमिकाबारे केही जानकारी पाउन सकिन्छ।

जस्तै एन५०१वाई कोरोना भाइरसको लागि फैलिन सजिलो बनाउँछ। केही म्युटेशन यस्तो हुन्छ, जसले एन्टिबडीलाई भाइरस पहिचान गर्न गा–हो बनाउँछ र यसबाट खोपको प्रभाव कम हुन्छ। केही म्युटेशन बिलकुलै अलग प्रकारका हुन्छन्।

दक्षिण अफ्रिकामा युनिभर्सिटी अफ क्वाजुलु–नटालमा प्रोफेसर रिचर्ड लेसल्स भन्छन्– हाम्रो चिन्ता यो छ कि यसबाट भाइरस एकबाट अर्को व्यक्तिमा फैलिने क्षमता बढ्न सक्छ। यो हाम्रो शरीरको प्रतिरक्षा प्रणालीबाट पनि बच्न सक्छ।

भेरियन्टको यस्ता उदाहरण पनि छन्, जुन कागजमा डरलाग्दो देखिन्छ तर त्यसको केही खास असर हुँदैन। वर्षको सुरुआतमा बिटा भेरियन्ट चिन्ताको कारण बनेको थियो किनभने यो हाम्रो प्रतिरक्षातन्त्रबाट बचेर निस्किन माहिर थियो। तर पछि डेल्टा भेरियन्ट पूरै दुनियाँमा फैलियो र ठूलो दुःखको कारण बन्यो।

युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक रवि गुप्ता भन्छन्– बिटा प्रतिरक्षातन्त्रबाट बच्न सक्थ्यो, डेल्टा भेरियन्टमा पनि सङ्क्रामकता थियो र प्रतिरक्षातन्त्रसँग बच्ने थोरै क्षमता थियो।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here