टी–२० मेयर कपः सखुवाप्रसौनी र छिपहरमाई गापा विजयी

0

प्रस, पोखरिया, १२ मङ्सिर/
पोखरिया युवा समाजको आयोजनामा सञ्चालित टी–२० मेयर कपको आइतवार सम्पन्न खेलमा सखुवाप्रसौनी र छिपहरमाई गाउँपालिका विजयी भएका छन् ।
पहिलो खेल सखुवाप्रसौनी र जगरनाथपुर गापाबीच भएको थियो । सखुवाप्रसौनीले टस जितेर १६ ओभरमा १०४ रन बनाएको थियो । प्रतिउत्तरमा जगरनाथपुर ८५ रनमा अलआउट भयो । प्रतियोगितामा ‘म्याद अफ दी म्याच’ सखुवाप्रसौनीका आदित्यकुमार घोषित भए । उनले ४६ रन बनाएका थिए ।
त्यसैगरी, दोस्रो खेल छिपहरमाई र विन्ध्यवासिनी गापाबीच भएको थियो । छिपहरमाई गापाले १४ ओभरमा ४ विकेट गुमाउँदै ११६ रन बनाएको थियो । प्रतिउत्तरमा विन्ध्यवासिनी गापाले ८ विकेटको क्षतिमा ११२ रन बनाएको थियो । यस खेलमा ‘म्यान अफ दी म्याच’ छिपहरमाईका टुना कुमार घोषित भएको युवा समाजका उपाध्यक्ष दिनेश मिश्रले जानकारी गराए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here