दुईजना चोर पक्राउ

0

प्रस, पंचगावाँ, १२ मङ्सिर/

प्रहरी चौकी रङ्गपुरले चोरीको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। पटेर्वासुगौली गाउँपालिका–३ सोनवर्षाका अरुण चौधरी र अर्जुन चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

मङ्सिर १० गते राति ११ः३० बजे पटेर्वासुगौली–२ रङ्गपुरमा एकजना व्यक्तिको घरमा चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुईजनाबाट नाइट्रोभ्याट ट्याबलेट १२ थान बरामद भएको र उनीहरूलाई आवश्यक कारबाईको लागि जिप्रका, पर्सामा पठाएको प्रहरी चौकी रङ्गपुरले जनाएको छ।

पक्राउ परेका चौधरीद्वयले जानकीटोला भएर भारतको इनर्वाबाट लागूऔषध ल्याएर बिक्री गर्ने गरेको कसूर स्वीकारेको प्रहरीले जनाएको छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here