बैतडी, १२ मङ्सिर/रासस
वाईवाई उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जीत दर्ता गरेको छ। आज सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै पहिलो जीत दर्ता गरेको हो।
कर्णालीले दिएको ६७ रनको लक्ष्य सुदूरपश्चिमले विनाविकेटको क्षतिमा १२.१ ओभरमा पूरा ग–यो। सुदूरपश्चिमका कप्तान खड्कबहादुर बोहरा ४२ बलमा पाँच चौका र दुर्ई छक्कासहित ४१ रनमा अविजित रहे। नरेश भट्ट ३१ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे।
त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णाली १६.५ ओभरमा ६६ रनमा अल आउट भएको थियो। कर्णालीका प्रकाश जैसीले सर्वाधिक १५ रन बनाए। रूपक ढकाल ११ र रमेश बूढा १२ रनमा आउट भए। कर्णालीका चार खेलाडीले खाता नै खोल्न सकेनन्।
सुदूरपश्चिमका शेर मल्लले २.५ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए। नारायण जोशीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए। आकाश चन्दले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। नरेन्द्र साउदको हातमा १ विकेट प–यो।
यसअघि, सुदूरपश्चिम प्रदेशले वाग्मती र प्रदेश २ सँग समान २ विकेटले पराजित भएको थियो। सुदूरले अब मङ्गलवार टियुमा गण्डकीसँग खेल्नेछ।