नितेश कर्ण, वीरगंज, १२ मङ्सिर/

पर्सा जिल्लामा महिला हिंसाविरुद्धको घटनामा वृद्धि भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साको तथ्याङ्क अनुसार चालू आवको चार महीना अर्थात् कात्तिक मसान्तसम्म घरेलु हिंसाका २२५ वटा निवेदन, उजूरी रहेकामा १०५ वटा फछ्र्योट भएका छन्।

त्यसैगरी, महिला झैंझगडा, कुटपिटका ३६१ वटा निवेदन दर्ता रहेकामा १९० वटा फछ्र्योट भएका छन्। चालू आवको चार महीनामा जबरजस्ती करणीका १६ वटा, जबरजस्ती करणी उद्योगका पाँचवटा, मानव बेचबिखनका  तीनवटा, बहुविवाहका चारवटा, आत्महत्याका १५ वटा, बोक्सी आरोपका दुईवटा, बालविवाहका एउटा, अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणीका दुईवटा, दाइजोसम्बन्धी कसूरका एउटा, गर्भपतनका दुईवटा मुद्दा दर्ता रहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

यसैगरी, चालू आवको चार महीनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, गर्भपतन, भवितव्य ज्यान, विषसेवन, झुन्डिएर आत्महत्या, चोरी, ठगी, लागूऔषध, बैंकिङ कसूर, जुवा, सार्वजनिक शान्तिविरुद्ध, सार्वजनिक

हित, नैतिकताविरुद्ध, जबरजस्ती करणी, सवारी ज्यान, अपहरण, नागरिकतालगायत ३५ वटा शीर्षकका अपराधमा ४८१ वटा मुद्दा दर्ता रहेको उनले बताए। यी मुद्दाहरूका ४९९ जना अभियुक्त पक्राउ परेको उनले बताए।

यसैगरी, मुद्दाको अनुसन्धानमा रहेका ४३ जनालाई चार महीनामा पक्राउ गरिएको प्रवक्ता खनालले बताए। जिल्ला प्रहरी कार्यालय, पर्सामा चार महीनामा ८८ वटा मोटरसाइकल हराएको सूचना प्राप्त भएको र ११ वटा मोटरसाइकल फेला परेको तथा २४ जना अभियुक्तविरुद्ध कारबाई चलेको बताए। प्रवक्ता खनालले फरार सूचीमा रहेका ५८ जनालाई पक्राउ गरिएको र उनीहरूबाट रु १ करोड ५३ लाख ६५ हजार राजस्व असुली हुनुका साथै ४२ वर्ष २ महीना ६ दिन कैद सजाय पनि भएको जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here