प्रस, पोखरिया, १२ मङ्सिर/

पोखरिया अस्पताललाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै आइतवार प्रदर्शन गरिएको छ। लोकतान्त्रिक समाजवादी पार्टीका नेता निजामुद्दीन समानीको नेतृत्वमा पोखरिया अस्पतालअगाडि स्थानीय र प्रदेश सरकारविरुद्ध प्रदर्शन गरिएको हो।

पोखरिया अस्पताललाई व्यवस्थित गर्न प्रदेश सरकारले विभिन्न चरणमा गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै आज प्रदर्शन गरिएको र यसलाई निरन्तरता दिइने नेता समानीले बताए। उनले आज अस्पतालअगाडि प्रदर्शन गरिएको र आगामी दिनमा स्थानीय र प्रदेश सरकारविरुद्ध अन्यत्र पनि प्रदर्शन गरिने जानकारी गराए। विरोध कार्यक्रम क्रमिकरूपमा हुने उनले बताए।

पोखरिया अस्पताललाई ५० शøयाको बनाउने घोषणा भएपनि सो अनुरूप कार्य नभएको, अस्पतालमा १५ शøयाको आइसियू सञ्चालनका लागि उपकरण, पिसिआर मेशिन तथा भेन्टिलेटर मेशिन प्रदेश सरकारले हस्तान्तरण गरे पनि सो सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन नगर्दा उपकरणहरू अहिलेसम्म त्यत्तिकै प्रयोगविहीन अवस्थामा रहेको, अस्पतालमा औषधिको अभाव भएको र सर्वसाधारणले स्वास्थ्य बीमा गराए पनि सो अनुरूपका औषधिहरू पाउन वञ्चित रहेका तथा विगतमा निर्माण भइरहेका बर्थिङ सेन्टरलगायतका योजनाहरूमा पनि प्रदेश सरकारले थप रकम नछुट्याउँदा योजनाहरू अलपत्र अवस्थामा रहेको भन्दै यी सबैलाई व्यवस्थित गर्नुपर्ने माग गर्दै आन्दोलन गर्नुपरेको बताए।

प्रदर्शनमा जयनारायण यादव, मुन्ना पटवा, गोपीचन्द साह, चन्द्रभूषणलगायतका व्यक्तिहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here