टी–२० मेयरकप क्रिकेट प्रतियोगिता, पोखरिया र सखुवाप्रसौनी विजयी

0

प्रस, पोखरिया, ११ मङ्सिर/

पोखरिया युवा समाजद्वारा आयोजित टी–२० मेयरकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार दुई खेल सम्पन्न भएका छन् । आज आयोजित खेलमा पोखरिया र सखुवाप्रसौनी विजयी भएका छन् ।

शनिवार भएको दुई खेलमध्ये पहिलो खेलमा पोखरिया नगरपालिकाले टस जितेर ब्याटिङ गर्दै १४ ओभरको खेलमा ९ विकेट गुमाएर १८७ रन बनाएको थियो । प्रतिउत्तरमा बहुदरमाई नगरपालिकाले १०.५ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा सीमित भयो । पहिलो खेलको ‘म्यान अफ दी म्याच’ पोखरियाका विकास दास घोषित भए ।

उनले ३३ रन र ५ विकेट लिएका थिए । दोस्रो खेलमा सखुवाप्रसौनीले छिपहरमाई गाउँपालिकालाई पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको सखुवाप्रसौनीले १६ ओभरमा ९ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

प्रतिउत्तरमा छिपहरमाई गाउँपालिका १६ ओभरमा ७ विकेट गुमाएर १३५ रनमा सीमित रह्यो । दोस्रो खेलको म्यान अफ दी म्याच सखुवाप्रसौनीका सन्दीप घोषित भए । ४६ बलमा ८१ रन बनाएर उनी अविजित रहेका थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here