महायज्ञको दोस्रो दिन ५ लाखभन्दा बढी सङ्कलन

0

चिरञ्जीवी सापकोटा, ठोरी, ११ मङ्सिर/

ठोरीलाई धार्मिक पर्यटकीय नगरी बनाउने उद्देश्यका साथ तथा पञ्चेश्वर बहुउद्देश्यीय मुक्तिधाम निर्माणको लागि आयोजित श्रीमद्भागवत महापुराण पितृमुक्ति सप्ताह ज्ञान महायज्ञको दोस्रो दिनसम्म ५ लाख रुपैयाँभन्दा बढी नगद सङ्कलन भएको छ ।

ठोरीको ठुटेखोलाको उत्तरपट्टि आयोजना भएको श्रीमद्भागवत महापुराण पितृमुक्ति ज्ञान महायज्ञमा चर्चित कथावाचक प्रवीण दीनबन्धु पोखरेल रहेका छन् । महायज्ञमा जसपा पार्टीका केन्द्रीय सदस्य अनजान शाक्यले रु २ लाख ५ हजार ५ सय पचपन्न चन्दा दान गर्ने घोषणा गरेका थिए ।

ठोरीमा पर्यटन प्रवद्र्धन गर्न दिगो ज्यानले लागिपर्ने भन्दै सम्पूर्ण ठोरीवासीलाई यस महायज्ञमा संलग्न भई पितृहरूको उद्धार गरी ठोरीलाई विश्वमा चिनाउने अभियानमा महायज्ञ कोसेढुङ्गा साबित हुने उनले बताए ।

हिजो र आज महायज्ञमा ठोरी–३ बुद्धनगरका खड्गबहादुर खड्काले रु १ लाख १ हजार १ सय ११ र ठोरी–२ गौतमनगर निवासी गोरे दाहालले रु २० हजार ५ सय ५५ प्रदान गरे ।
त्यसैगरी, दाहालकी धर्मपत्नी ढकनादेवी दाहालले आधा तोला सुन दान गरिन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here