बारको आन्दोलन न्यायाधीश सुदृढीकरणको लागि होइन –उपाध्यक्ष सिंह

0

प्रस, रौतहट, १० मङ्सिर/

नेपाल बार एशोसिएशनका उपाध्यक्ष रामचन्द्र सिंहले न्यायाधीश सुदृढीकरणका लागि नभई कानून व्यवसायी तथा बिचौलियाविरुद्ध अहिलेको आन्दोलन भएको बताएका छन् ।

पर्सा, बारा, रौतहट र उच्च अदालत वीरगंज इजलासको संयुक्त आयोजनामा जारी चार दिने आन्दोलनको अन्तिम दिन शुक्रवार नेपाल बार एशोसिएशन, रौतहटको आयोजनामा जिल्ला अदालत गौरमा आयोजित विरोधसभामा बोल्दै उपाध्यक्ष सिंहले न्यायाधीश सुदृढीकरण भए बेइमान कानून व्यवसायी र बिचौलिया आफैं समाप्त भएर जाने बताए । उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि १७ वटा आरोप लगेको र सो सच्याउनको लागि बार एशोसिएशनले बारम्बार ताकेता गर्दै आए पनि प्रधानन्यायाधीशले कुनै वास्ता नगरेको कारण आन्दोलन गर्न बाध्य भएको बताए ।

उपाध्यक्ष सिंहले कानून व्यवसायीहरूले अदालत परिसरभित्र आन्दोलन गर्दै आए पनि प्रधानन्यायाधीशले न्यायपालिकालाई निकास र आफूले राजीनामा नदिएका कारण जारी आन्दोलन अदालतबाहिर गएको प्रस्ट्याए । उनले स्वच्छ न्यायको सुनवाइ जिल्लादेखि सर्वोच्च अदालतसम्म नभइरहेको र यसमा बिचौलिया तथा खरीद–बिक्रीको आधारमा पैmसला हुने गरेकाले देशभरका २० हजार कानून व्यवसायी आन्दोलित भएको बताए ।

रौतहट बारका अध्यक्ष राजाराम यादवको अध्यक्षतामा भएको विरोधसभामा उच्च अदालत बार एशोसिएशन वीरगंज इजलासका अध्यक्ष प्रमोद साह, पूर्वअध्यक्ष सुधीर कर्ण, नेपाल बारका पूर्वउपाध्यक्ष विनय सिंह, सेराजुल अन्सारी, बारा बारका अध्यक्ष सन्तोषकुमार गुप्ता, पर्साका अध्यक्ष ओमप्रकाश गुप्ता, कानून व्यवसायी शान्ति सुवेदी, नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here