टी–२० मेयरकप क्रिकेट प्रतियोगिता, कालिकामाई र विन्ध्यवासिनी विजयी

0

प्रस, पोखरिया, १० मङ्सिर/

पोखरिया युवा समाजको आयोजनामा पोखरियामा जारी टी–२० मेयरकप क्रिकेट प्रतियोगितामा शुक्रवार पनि दुई खेल सम्पन्न भयो । आज भएको दुई खेलमा कालिकामाई र विन्ध्यवासिनी गाउँपालिका विजयी भए । पहिलो खेलमा टस जितेर धोबिनी गापाले ब्याटिङ गर्दै १४ ओभरमा ९४ रन बनाएको थियो । प्रतिउत्तरमा कालिकामाईले ८.३ ओभरमा २ विकेट गुमाएर ९७ रन बनाइ जीत हासिल ग¥यो ।

पहिलो खेलमा १ विकेटसहित ३७ रन बनाएका जावेद आलम म्यान अफ दी म्याच घोषित भए। यसैगरी, दोस्रो खेलमा जगरनाथपुर गापाले पनि टस जितेर ब्याटिङ गर्दै १५.३ ओभरमा सबै विकेट गुमाएर ८३ रन बनाएको थियो ।

प्रतिउत्तरमा ८ ओभरमा तीन विकेटको नोक्सानीमा विन्ध्यवासिनी गापाले ८६ रन बनाएर जीत हासिल ग¥यो । दोस्रो खेलको म्यान अफ दी म्याच तीन विकेटसहित ३६ रन बनाएका अनुज चौरसिया घोषित भएको पोखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्रले बताए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here