तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता, छिपहरमाई र कालिकामाई विजयी

0

प्रस, पोखरिया, ९ मङ्सिर/

पोखरिया युवा समाजद्वारा सञ्चालित तेस्रो मेयर कप क्रिकेट प्रतियोगितामा बिहीवार छिपहरमाई गापा र कालिकामाई गापा विजयी भएका छन् । पोखरिया नपा वडा नं ६ स्थित शेरा फिल्ड मैदानमा आयोजित प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा छिपहरमाई गापाले जगरनाथपुर गापालाई हराएको हो ।

टस जिती पहिले ब्याटिङ रोजेको छिपहरमाई गापाले निर्धारित १६ ओभरको खेलमा १४ ओभर खेल्दै ७ विकेटको क्षतिमा ८० रन बनाएको थियो भने जगरनाथपुरले पूरै ओभर खेल्दै ७९ रनमा सम्पूर्ण विकेट गुमाएपछि खेल छिपहरमाईले एक रनअन्तरले जितेको हो । उक्त खेलको ‘म्यान अफ दी म्याच’ छिपहरमाईका प्रह्लाद कुमार घोषित भए ।

त्यसैगरी, दोस्रो खेल कालिकामाई गापा र बहुदरमाई नपाबीच भएको थियो । जसमा कालिकामाईले विजयी हासिल गरेको छ । टस जिती पहिले ब्याटिङ रोजेको कालिकामाईले निर्धारित १६ ओभरको खेलमा पाँच विकेट गुमाइ १६६ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको बहुदरमाई नपाले १३ ओभर ५ बल खेल्दै ८१ रन मात्र बनाउन सक्यो । उक्त खेलको ‘म्यान अफ दी म्याच’ कालिकामाईका जावेद आलम घोषित भएको आयोजक संस्थाका सदस्य राकेश महतोले बताए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here