बलात्कारको आरोपमा युवक पक्राउ

0

प्रस, वीरगंज, ९ मङ्सिर/

जिल्ला प्रहरी कार्यालय, पर्साले बलात्कारको आरोपमा २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा, जीराभवानी गाउँपालिका–१ पिडारीगुठीका अब्दुलकादिर अन्सारी रहेका छन्। कादिरलाई बुधवार साँझ ८ बजे गाउँबाटै नियन्त्रणमा लिइएको थियो ।

कादिरलाई प्रहरीले नियन्त्रणमा लिएपछि पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दामा ७ दिन म्याद थप गराई अनुसन्धान गरि रहेको जनाएको छ ।

१५ वर्षीया बालिकालाई गत जेठ १० देखि असोज ६ सम्म ललाईफकाई पटकपटक जबरजस्ती गरी गर्भवती बनाएको पीडित पक्षले प्रहरीमा दिएको उजुरीको अधारमा अभियुक्तलाई पक्राउ गरिएको हो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here