गाँजाकाण्डमा पञ्जियार पक्राउ

0

प्रस, निजगढ, ८ मङ्सिर/

इलाका प्रहरी कार्यालय, निजगढले कोल्हवी नगरपालिका–६ निवासी ३६ वर्षीय बमभोले भनिने शिवनारायण पञ्जियारलाई हिजो साँझ पक्राउ गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट मन्दिर जाने कच्ची सडकनजीकको वन क्षेत्रबाट गत असोज ८ गते ८३ किलोग्राम गाँजा बरामद भएको थियो । प्रहरीले त्यत्तिखेर बा.३७प ९६८१ नम्बरको मोटरसाइकल र साइकल बरामद गरे पनि प्रहरीलाई देखेर मोटरसाइकल चालक फरार हुन सफल भएका थिए ।

मोटरसाइकलधनी पञ्जियार रहेको अनुसन्धानबाट खुलेपछि हिजो उनलाई पक्राउ गरिएको इप्रका, निजगढका प्रहरी नायब निरीक्षक सञ्जयकुमार यादवले बताए । हिजो पञ्जियारलाई कोल्हवी नपा–६ सडकखण्डबाट पक्राउ गरेको र थप अनुसन्धान भइरहेको उनले बताए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here